arrow

ओबामालगायत युरोपेली नेताबीच सोमाबार जर्मनीमा भेट हुने

logo
प्रकाशित २०७३ वैशाख ८ बुधबार
BN-NQ386_merkme_M_20160420073253.jpg.jpeg
पेरिस (फ्रान्स) । अमेरिकी राष्ट्रपति बाराक ओबामालगायतका युरोपेली नेताहरुबीच सोमबार जर्मनीको ह्यानओभरमा अनौपचारिक भेट हुने भएको फ्रान्सले बुधबार जनाएको छ । भेटका क्रममा अमेरिकी राष्ट्रपति ओबामा, फ्रेन्च राष्ट्रपति फ्रास्वा अलान्द, जर्मन चान्सलर एन्जेला मर्केल, इटालीका प्रधानमन्त्री भटेओरेन्जी र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनबीच अनौपचारिक भेट हुनेभएको फ्रान्सको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ । 
 
भेटका क्रममा राष्ट्रपति ओबामा, अलान्द, जर्मन चान्सलर मर्केल, इटालीका प्रधानमन्त्री मटेओ रेन्जी र बेलायती प्रधानमन्त्री क्यामरुनबीच हुने अनौपचारिक भेटमा उहाँहरुबीच इस्लामिक स्टेट (आइएस)अतिवादी समूहको विश्वव्यापी आक्रमणका कारण आएको समस्या समाधान गर्न अनौपचारिक सल्लाह गर्ने विश्वास गरिएको छ । 
 
उनिहरुबीच सिरियामा जारी गृहयुद्ध अन्त्य गर्न र मध्यपूर्वी मुलुकबाट जीवन रक्षाका लागि आप्रवासी शरणार्थीका रुपमा जीवन बिताउन बाध्य लाखौँ शरणार्थीको समस्यामा केन्द्रित रहेर विश्व प्रसिद्ध नेताहरुले छलफल हुनसक्ने विश्वास छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ