arrow

संघीय गठबन्धन अान्दाेलन : ‘अब देशभरबाट तुफान आउँछ’

ठाकुर र महतो नआएपछि आन्दोलन घोषणा भएन, विहिबार घोषणाकाे तयारी

logo
प्रकाशित २०७३ वैशाख ८ बुधबार
morcha-.jpg.jpeg
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघीय गठबन्धनले देशभरबाट एक साथ आन्दोलन गर्ने निर्णय गरेको छ । गठबन्धनले वुधबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भनेकामा मोर्चाका शीर्ष दुई नेता बैठकमा उपस्थित नभएपछि सार्वजनिक हुन सकेन । 
संघीय समाजवादी फोरमको कार्यालयमा मंगलबारबाट सुरु भएको बैठक वुधबार अपरान्ह सकिएको थियो ।
 
वुधबारको बैठकमा मधेसी मोर्चाका मुख्य दुई घटक तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावना अध्यक्ष राजेन्द्र महतो उपस्थित नभएपछि कार्यक्रम सार्वजनिक हुन सकेन । गठबन्धनले विहिबार कार्यक्रम सार्वजनिक गर्ने बैठकमा सहभागि सद्भावना महामन्त्री मनीष सुमनले जानकारी दिए । विहिबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि शुक्रबार २७ वटा दलका अध्यक्ष रहेको मूल आन्दोलन परिचालन समितिको बैठक बस्ने सुमनले हाम्राकुरालाई बताए । 
 
उनले तत्काल राजधानी केन्द्रीत आन्दोलन नहुने भन्ने हल्ला गलत रहेको भन्दै एक साथ देशभर आन्दोलन हुने बताए । सुमनले भने, ‘आन्दोलनका कार्यक्रम तयार छन्, विहिबार सार्वजनिक हुन्छ, हस्ताक्षर हुन मात्रै बाँकी छ ।’ अबको आन्दोलनका कार्यक्रममा तोडफोडका कार्यक्रम नभएको र जुलुस, घेराउ, जनजागरण र दबाबमूलक कार्यक्रम रहेको उनले बताएका छन् ।’ सवै तीथि मितिसहितको कार्यक्रम तय भइसकेको छ, सुमनले थपे, ‘विहिबार सार्वजनिक भएपछि थाहा पाइहान्नु हुन्छ ।’
 
सिंहदरबार घेराउको कार्यक्रम समेत तत्कालै हुने सुमनले बताएका छन् । सवै क्षेत्रबाट एक साथ राष्ट्रियताका लागि आन्दोलन हुन्छ । यसअघि, आइतबार राजधानीमै बैठक गरेर गठबन्धनले राजधानीकेन्द्रित आन्दोलन सुरु भएको घोषणा गर्दै २६ बुदे अवधारणापत्र समेत सार्वजनिक गरेको थियो । सोही अवधारणाका आधारमा छलफल भएको र आन्दोलनका कार्यक्रम तयार पारिएको नेताहरुले बताएका छन् । 
 
हामी अब तुफान ल्याउँछौं : अध्यक्ष यादव
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले भने आफुहरुले अब कडा आन्दोलन मात्र नभई तुफान ल्याउने बताए । हाम्राकुरासंग बैठकपछि यादवले भने, ‘जिल्ला केन्द्रीत भन्ने कुरा होइन, देशभरबाट एक साथ आन्दोलन हुन्छ, तुफानका साथ आन्दोलन हुन्छ ।’ यादवले राष्ट्रियताका लागि आन्दोलन हुने र अधिकार प्राप्तिका लागि संघर्ष गर्ने बताए । बैठक अझै शुक्रबार सम्म चल्छ, यादवले थपे, ‘कसैले हाम्रो आन्दोलन दबाउन खोजेर सक्दैनन्, मधेस विरोधीहरुले जे हल्ला गर्छन् त्यो सत्य होइन, कस्ले भन्यो आन्दोलन जिल्ला केन्द्रीत भो भनेर ? देश भरी हुन्छ, अझै सशक्त हुन्छ, हामी अब तुफान ल्याउँछौं ।’ सशक्त आन्दोलनको तयारी भइसकेको भन्दै यादवले संविधानका दफा दफा पुनः लेखन हुनु पर्दछ –भनेका छन् । छलफलकै क्रममा रहेकाले कस्ता कार्यक्रम आउँछ भन्ने अहिले भन्न नसकिने उनले बताए । सिंहदरबार घेर्नेबारे समेत वृहत छलफल भइरहेको यादवले जानकारी दिए । 
 
वुधबार बैठकमा को आए ? को आएनन् ?
बैठकमा उपेन्द्र यादव, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिल झा, ओम गुरुङ, परशुराम तामाङ् कुमार लिङदेन लगायत सहभागि भए । मोर्चाका मुख्य नेता मानिने महन्थ ठाकुर र राजेन्द्र महतो बैठकमा उपस्थित भएनन् । महतो विरामी परे भने, ठाकुर व्यस्त रहे । यस्तै, राज किशोर यादव समेत बैठकमा आएनन् । 
 
आन्दोलनबारे नेतै पिच्चे फरक धारणा
संघीय समाजवादी सक्रिय हुँदा सद्भावना अलिक सामान्य देखिएको छ । यसअघि, सद्भावनाको स्थापना दिवसमा संघीय समाजबादी उपस्थित भएन । यस्तै, आन्दोलनको तयारीका अधिकांश वैठक अहिले संघीय समाजवादीकै कार्यालयमा बसेका छन् । केही समय अघि संघीय गठबन्धन र महागठबन्धनबारे सद्भावना अध्यक्ष र संघीय समाजवादी अध्यक्षबीच फरक–फरक धारणा रहेकामा पछि संघीय गठबन्धमा सबै पहिचानवादीहरु आएका छन् ।
 
यद्यपि, जयप्रकाश गुप्तालाई ल्याउने राजेन्द्र महतोको प्रयास सफल भएन । महतोले महागठबन्धन बने गुप्ता समेत आउने बताएका थिए । यस्तै, आन्दोलन कार्यक्रमबारे नेताहरुका आ–आफ्नै धारणा छन् । तमसपाका अध्यक्ष यादवले आन्दोलनको तुफान आउने भन्दा, सद्भावना नेता सुमनले यादवले भने जस्तो तुफान नआउने बताए । मधेसकै दलहरुबीच एक अर्काको भनाईको विश्वास गर्दैनन् । यस्तै, यादवले बैठक नसकिए र आन्दोलनका कार्यक्रमबारे छलफल भइरहेको बताउँदा सुमनले आन्दोलनका कार्यक्रम तयार भइसकेको र सार्वजनि गर्न मात्रै तयार रहेको बताए । यसरी दलै पिच्चे फरक भनाई र धारणा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ