एलजीको रेड फेयरमा पचास प्रतिशतसम्म छुट, बम्पर उपहार पनि
प्रकाशित २०७६ फागुन १३ मंगलबार
490
Shares
काठमाडौं। चौधरी ग्रुप अन्तर्गतका एलजीका सामान खरिदमा ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। एलजीले यही फागुन फागुन ११ गतेदेखि ल्याएको एलजी रेड फेयर अन्तर्गत ग्राहकले यो सुविधा पाउने भएका हुन।
चौधरी ग्रुपले सूचना जारी गर्दै इनोभेसन फर बेटर लाईफको लक्ष्यसहित एलजीले सधै ग्राहकहरुको लागि इनोभेटिभ अर्थात् आकर्षक जीवनशैलीका घरायसी सामाग्रीहरु उपलब्ध गराउँदै आएको जनाएको छ।
सूचनामा भनिएको छ, ‘एलजीले टिभी, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माईक्रोवेभ ओभन, साउण्ड सिस्टम, भ्याकुम क्लिनर, एयर प्युरिफायर, ए.सि. र डिस्वासर जस्ता अत्यावश्क सामाग्री ग्राहक वर्गहरुको लागि नेपाली बजारमा उपलब्ध गराउदै आएको छ।’
रेड फेयर अन्तर्गत लक्की ड्र मार्फत बम्पर उपहारमा एक जोडीलाई ताज मेघौली सेराई घुम्ने अवसर समेत मिल्नेछ । सीजीले हरेक हप्ता लक्की ड्र मार्फत एल.जी.को अडियो सिस्टम पनि जित्न सक्ने बताएको छ। कम्पनीको नियम अनुसार यो योजना एल.जी.का सबै व्यापारिक केन्द्रहरुबाट पाउन सकिने छ । यो योजना सीमित अवधिको लागि नेपालभर लागु हुने जनाइएको छ।
यस्तो छ लक्की ड्रमा भाग लिन गर्नुपर्ने कमाण्ड– मोबाइलबाट LG[Space] Name [comma] model no.[comma] serial no.[comma]address type गरी 34343 मा SMS पठाउनु पर्नेछ।