अमेरिकासँग साझेदारीका महत्वपूर्ण सवै पक्षमा छलफल भयो : मोदी
एएनआई,
प्रकाशित २०७६ फागुन १३ मंगलबार
511
Shares
नयाँ दिल्ली। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साझेदारीका सबै महत्वपूर्ण पक्षका बारेमा छलफल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।
भारत भ्रमणमा रहनु भएका ट्रम्पसँग मङ्गलबार हैदरावाद हाउसमा भएको भेटवार्ताका क्रममा रक्षा, सुरक्षालगायतका विषयमा पनि कुराकानी भएको उनले बताए।
आज हामीले अमेरिका र भारतकाबीचमा साझेदारी गर्न सकिने सबै महत्वपूर्ण पक्षमा छलफल गरेका छौँ, मोदीले भने।
उनले रक्षा, सुरक्षा, उर्जा, रणनीतिक साझेदारीता, व्यापार, नागरिक नागरिक सम्वन्धलगायतका बारेमा पनि छलफल भएको जानकारी दिए। अन्तरराष्ट्रिय चासो र स्वार्थ, एसिया प्यासेफिक स्टाटेजी, तेल र ग्यासलगायतका विषय पनि आपूmको छलफलका क्रममा उठेको मोदीको भनाइ छ।