arrow

एमाले आफै भन्छ, 'यो सरकार भष्ट्रचारी हो' : गगन थापा

logo
कौरव खत्री,
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
gagan-thapa-gulmi.jpg.jpeg
गुल्मी। नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकार भष्ट्रचारी र कालो बजारियाहरुले चलाएको आरोप लगाएका छन्। नेपाल विद्यार्थी संघ गुल्मीले आफ्नो ४६ औ स्थापना दिवसको अवरसरमा सुरु गरेको सविधान कार्र्यान्वयनका लागि दबाव अभियानको उदघाट्न गर्दै उनले यस्तो आरोप लगाएका हुन।
 
‘यो सरकार भष्ट्रचारी र कालोबजारियहरुको समूहले चलाएको सरकार हो’– उनले भने–‘यो मैले भनेको होईन, स्वयम सरकारको नेतृत्व गरेको नेकपा एमालेकै ठूलो समूहले भनेको हो।’ उनले सरकारको कामका बारेमा एमालेले आठ वटा समूहमा समिक्षा बैठक राख्दा सात वटा  समूहले यो सरकार भष्ट्रचारी र कालोबजारीयाहरुले चलाएको निष्र्कश निकालेको सुचना आफुले पाएको जिकीर गरे।
 
‘यो सरकारले गरिबका लागि पनि केहि काम गर्न सकेन, यो पनि मैले भनेको होईन। एमाओबादीका प्रवक्ताले भनेका हुन् ’–उनले थपे–‘ यो सरकारले भुकम्प पिडितका लागि पनि केहि गर्न सकेन, यो पनि मैले भनेको होईन स्वयम प्रधानमन्त्रि ओलिले भनेका हुन।’
 
उनले एक बर्ष भित्रमा नयाँ सविधान अनुसार प्रत्येक जनतालाई परिवर्तनको अनुभुति दिलाउन नसके भोली कुनै न कुनै संविधान विरोधि समुह निस्कने र छिमेकीहरुले पनि देव्रे देब्रे सन्काएर   उकस्याउने हुँदा यस प्रति सजक हुदै र संविधान विरोधी समुहको प्रतिबाद गर्दै अगाडि बढ्न काँग्रेसजनलाई आग्रह गरे।
 
२०७४ साल माघ ७ गते बर्तमान सविधान सभा भङ्ग हुने भएकोले उक्त चुनाव पनि गराउनु पर्ने।  त्यस यता प्रदेशसभा र स्थानिय निर्वाचन पनि गराउनु पर्ने भएकाले काँग्रेस जनहरुले एक मिनेट पनि फुर्सदको समय न निकालेर गाँउ गाँउमा पुगेर चुनावी माहोल बनाउन खटिनुपर्ने बताए।
 
सविधान कार्यन्यनमा काँग्रेस प्रतिपक्ष नबन्ने भन्दै उनले काँग्रेसले मूलधारमा रहेर कार्यान्वयन गराउने बताए। ‘अव काँग्रेसको शक्ति न सिहदरवारमा हुन्छ न त बालुवाटार र शितल निवासमा हुन्छ ’– उनले भने–‘ काँग्रेसको शक्ति भनेको जनता हो, हामी जनतामै जान्छौ।’
 
उनले हाम्रो प्राचिन धर्म विरुद्ध लागेका ठेकेदारहरुलाई तह लगाउन र धर्मका नाममा खोलीएका दोकानहरु बन्द गराउन काँग्रेस एक ढिक्का भएर लाग्ने उद्घोष गरे। नेवि संघका पुर्व महामन्त्री समेत रहेका नेता थापाले अन्य जिल्लाको तुलनामा नेवि संघ गुल्मीले बेग्लै परिचय दिने कामहरु गर्दै आएको भन्दै प्रशंसा गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ