डोटीका ५९ विद्यालयमा शारीरिक स्वास्थ्य प्रारम्भिक जाँच
प्रकाश बम,
प्रकाशित २०७६ फागुन १४ बुधबार
458
Shares
डोटी । डोटीका ५९ वटा विद्यालयमा शारीरिक स्वास्थ प्रारम्भिक जाँच शुरू गरिएको छ। विद्यालय स्वास्थ तथा पोषण कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सामान्य शारीरिक परिक्षण संचालन गरिएको हो ।
जिल्लाको दिसिनपाको वडा नम्बर २ र ९, पूर्वी चौकी गाउँपालिकाको १,२ र ३, आदर्श गाउँपालिकाको १, २, ३, ४, ५ र ७ र सायल गाउपालिकाको ४, ५ र ६ वडा अन्तर्गतका विद्यालयमा कार्यक्रम भइरहेकोे सामुदायिक विकास केन्द्र डोटीका स्पोन्सर सीप टिम लिडर सुनिल जोशीले बताए ।
१६ हजार जति बालबालिकालाई सामान्य शारीरिक परिक्षण गर्ने लक्ष्य रहेको जोशीले बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीको पोषण अवस्था, तौल, उचाई,आँखा जाँच, श्रवण क्षमता जाँच र दातको सामान्य परिक्षण गर्ने गरेको बताइएको छ ।
स्वास्थ जाँच गर्नु पहिले गाउँपालिका, नगरपालिका संघसंग समन्वय गरी स्वास्थ संयोजकबाट तालिम लिएका स्वास्थ फोकल शिक्षकलेहरुले जाँच गरिरहेका छन् ।
उक्त कार्यक्रमलाई सहयोग पुर्याउनका लागि जाँच भइरहेका विद्यालयमा ७५ वटा प्राथमिक स्वास्थ उपचार बक्स समेत बितरण गरेको संस्था जनाएको छ।
सामुदायिक विकास केन्द्र डोटी र वर्ल्ड भिजन इन्टरनेशनलद्वारा समुदायमा आबद्ध बालस्पोन्सर सीप परियोजना अन्तर्गत सामान्य स्वास्थ परिक्षण जाँच यहि माघ २६ गतेदेखि संचालन भइरहेको छ।
यस भन्दा अघि पनि दुई पटक स्वास्थ परिक्षण गरिसकेको जनाएको छ। जटिल समस्या भएका विद्यार्थीहरुलाई नजिकको स्वास्थ चौकी पठाउने गरेको साजेन्द्रश्वर माबिका स्वास्थ फोकल शिक्षक बिस्नु दत्त अवस्थीले बताए ।