arrow

सरकारको काम सन्तोषजनक छैनः सिटौला

logo
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
krishna-sitoula.jpg.jpeg
विराटनगर। नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारको काम सन्तोषजनक नरहेको बताएकाछन्।
 
प्रेस युनियन विराटनगरले आयोजना गरेको पत्रकारसम्मेलनमा सिटौलाले सरकारको आलोचना गरे हो। उनले भूकम्पपछिको पुनःनिर्माणमा सरकारको अग्रसरता एकदमै नरहेकोजस्तो देखिएको बताए। 
 
सिटौलाले देशमा अहिले रहेका मूलभूत मुद्दालाई लिएर नेपाली काँग्रेसले अग्रसरता लिने बेला आएको पनि बताए। नेपाली काँग्रेसले अन्य दलका नेतासँग छलफल गरेर अगाडि बढ्ने बेला आएको बतए।
 
उनले संविधानको कार्यान्वयनबाट देशलाई अगाडि लैजानुपर्ने चुनौती रहेको बताए। “धेरै ऐनकानुनको निर्माण गर्नुपर्छ, प्रथम चरणको कार्यान्वयनमा नगई देश अगाडि बढ्न सक्दैन”, भनेले भने। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ