arrow

उमेरै नपुगेकी १४ वर्षीया भान्जीकाे विहे गर्न खाेज्नेे माइजू पक्राउ, केटाे २२ वर्ष

logo
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
Parbati-hamrakura.jpg.jpeg
पर्वत । उमेर नपुग्दै बालिकालाई विवाह बन्धनमा बाध्न तयारी गरेका महिला र पुरुष प्रहरीको फन्दामा परेका छन् । उत्तरी पर्वतको धाइरिङ गाविस–१ स्थायी घर भई कुश्मा नगरपालिका–४ स्थित मामाघर बस्दै आएकी १४ वर्षीय बालिकाको विवाह गर्न तयारी गरिरहेका बालिकाकी माइजु वर्ष २२ की जमुना पौडेल र विवाह गर्न खोज्ने ढिकुरपोखरी–५ कास्कीका २२ वर्षीय युवा पक्राउ परेका हुन् । 
 
सानै उमेरमा बाबुको मृत्यु भएको र गरिबीका कारण आमाले लालनपालन गर्न नसकेपछि पीडित बालिका दुई वर्षदेखि मामाघर बस्दै आएकी थिइन् । बालिकाकी आमा तथा उनका नातेदारसमेतलाई थाहै नदिइकन हतारहतारमा आफ्नी नाबालिक भान्जीको विवाह गराइदिन खोज्ने जमुना पौडेल र उमेर नपुगेकी बालिकालाई विवाह गर्न खोज्ने विकास पौडेललाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुले मङ्गलबार राति नै पोखरातर्फ लगेर विवाह गर्ने तयारी गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । 
 
बालविवाहजस्तो सामाजिक अपराध गर्न खोज्नेलाई पक्राउ गरी बालिकालाई आफन्तको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो । उनीहरुलाई मङ्गलबार राति पक्राउ गरिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ