नाइजेरियामा सिपाहीले आफ्नै चार सहकर्मीको हत्या गरे
सिन्ह्वा,
प्रकाशित २०७६ फागुन १५ बिहिबार
698
Shares
लेगोस। नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन्। नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरु दुई जना घाइते भएको उल्लेख छ।
सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा सामान्य रहेको बताए। उक्त घटनाका बारेमा सेनाले छानबिन शुरु गरेको पनि प्रवक्ता मुसाले बताए।