arrow

देउवाले दिल्ली वार्ता थाले, विदेशमन्त्री स्वराजसंग भेट

logo
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
deuba-swaraj.jpg.jpeg
काठमाडौं । कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच दिल्लीमा भेटवार्ता भएको छ । कांग्रेस सांसद एवं पत्नी आरजु देउवाको उपचारका लागि दिल्ली पुगेका देउवाले विहीबार विदेशमन्त्री स्वराजसँग भेट गरेका हुन् । नेपाली कांग्रेसको नयाँ नेतृत्व सम्हालेपछि पहिलो पटक भारतमा पुगेका देउवा संसदीय दलको नेता समेत भएकाले उच्च तहका नेताहरुसँगको छलफललाई महत्जकासाथ हेरिएको छ । 
 
वर्तमान एमाले नेतृत्वको सरकारलाई भारतले खुलेर सहयोग नगरेको चर्चा भइरहेकैबेला प्रमुख विपक्षी दलका सभापति देउवाले विदेशमन्त्रीलाई भेट्नुलाई अर्थपूर्ण मानिएको हो । देउवाले सत्तारुढ र विपक्षी दलका उच्चस्तरीय नेताहरुलाई भेट्ने कार्यक्रम छ । दिल्लीमा भारतीय नेताहरुसँगको छलफलको व्यवस्था कांग्रेस नेता प्रदीप गिरीले मिलाइरहेको देउवा निकट स्रोतले जनाएको छ । 
 
यसअघि, देउवाका सहयोगि तथा निकट नेताहरुले भ्रमण विशुद्ध पारिवारीक हुने बताएपनि देउवा स्वयंमले दिल्ली जानु अघि विमानस्थलमा भ्रमणमा केही राजनीतिक भेटघाट हुने बताएका थिए । पत्नी आरजुको उपचार नयाँ दिल्ली, गुरगाउँस्थित फोर्टिज अस्पतालमा उपचार भइरहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ