दिल्ली हिंसाः आमआदमीका नेताको घरमा बम र एसिडसहित मृत्युका सामान
आईबीका अफिसर अंकित शर्मालाई मारेको आरोप
प्रकाशित २०७६ फागुन १५ बिहिबार
239
Shares
काठमाडौं। भारतको नयाँदिल्लीमा भइरहेको हिंसामा दिल्ली सरकारको नेतृत्व गरिएको सत्तारुढ दल आमआदमी (आप) पार्टीका नेताले नै हिंसा भड्काएको र हत्या गरेको आरोप लागेको छ। आपका पार्षद ताहिर हुसैनको घरको छतमा पेट्रोल बमदेखि एसिड, ढुङ्गा, गुलेली लगायतका मृत्युका सामग्रीहरु कोक फेन्टाका क्यारेटमा राखिएको हो। हुसैनमाथि हिंसा भड्काएको आरोपसमेत लागेको छ। इन्टेलिजेन्स व्यूरो आईबीका अफिसर अंकित शर्मालाई मारेको आरोपसमेत हुसैनमाथि लागेको छ।
अंकितका बुबा र भाइका साथै भारतीय जनता पार्टी भाजपाका नेता कपिल मिश्राले हुसैनमाथि हत्याको आरोप लगाएका हुन्। ताहिरको करावलनगरमा रहेको पाँच तल्ले बनिरहेको हुसैनको घरमा गए हेर्दा विभिन्न भारतीय संचारमाध्यमले मृत्यु सामग्री फेला पारेका हुन्। दिल्ली पुलिसले ताहिरलाई सोधपुछका लागि बोलाएको छ। ताहिर बुधबारदेखि बेपत्ता भएको पनि जनाइएको छ। ताहिर पेशाले इन्टेरियर डेकोरेशनका ठेकेदार हुन्। उनको घरमा गएर हेरेपछि हिंसाको योजना पहिलेदेखि नै बनेको देखिन्छ।
ताहिरले बनाएको कोलनी अवैध रहेको बताइएको छ। उक्त कोलनी आसपासमा रहेका ४० कारमाथिसमेत आगो लगाइँदा २५ कार जलेका थिए। ताहिरको घरबाहेकका वरिपरिका धेरैजसो घर जलेका छन्।