बिश्वको दोस्रो ठूलो ब्राण्ड टीसीएलको स्मार्ट टीभीमा ग्राहकको आकर्षण बढ्दो
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
307
Shares
काठमाडौं। उत्पादनको आधारमा बिश्वमा दोस्रो ठूलो ब्राण्ड टीसीएलका विद्युतीय उपकरणको माग नेपालमा ह्वातै बढेको चौधरी ग्रुप अन्तर्गतको इओएल प्रालीले जनाएको छ। अघिल्लो ३ वर्षको तुलनामा टीसीएल एलईडी टीभीको माग ५० प्रतिशतले बढेको कम्पनीको दावी रहेको छ। कम्पनीका अनुसार नेपालमा टीसीएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सर लगायतका उपकरण नेपाली बजारमा बिक्री हुने जनाइएको छ। नेपालमा टीसीएल ब्राण्डको बिक्री चौथौं स्थानमा रहेको बताइएको छ।
बजारमा टीसीएल स्मार्ट टीभीको माग बढेको कम्पनीले जनाएको छ। नयाँ पुस्ता प्रविधिसँग नजिक हुने कारण उनीहरूलाई नयाँ–नयाँ प्रोडक्टको फिचरबारे जानकारी हुने कम्पनीको दावी छ। स्मार्ट टीभीको जवानामा थप प्रविधि सहितको यूएचडी टीभि आएको र माग बढ्दै गएको कम्पनीले जनाएको छ। कम्पनीले जारी गरेको बिज्ञप्ती अनुसार विश्व बजारमा आएको नयाँ प्रविधिलाई आगामी दिनमा नेपाली बजारमा ल्याउने तयारीमा छौं। सुलभ मुल्य, क्वालिटि प्रोडक्ट, सर्भिसमा विश्वसनियताका कारण नै नेपालमा सिजी इलेक्ट्रोनिक्सको बजार बढ्दो छ। सिजी इलेक्ट्रोनिक्सले सातै प्रदेशमा डिलर र सर्भिस सेन्टरहरु विस्तार गरी सेवा दिदै आएको कम्पनीले जनाएको छ। हामीले सधै गुणस्तरियतामा विश्वास गरेका छौं। टिसिएल आफैमा बिश्वमा रुचाएको ब्राण्ड हो।
नेपाली बजारमा टिसिएलका युएचडी टिभीमा सी ६ र पी ८ गरी दुई वटा नयाँ मोडल सार्वजनिक भएको गरेको कम्पनीले जनाएको छ। युएचडी टिभिमा आर्ट डिजाइन, स्मार्ट फङ्सन, भ्वाईस कमाण्ड, गुगल असिस्टेन्ट, गुणस्तरीय दृष्य, कनेक्टीभिटी तथा क्वालिटीयुक्त साउण्ड रहेको कम्पनीको दावी छ। टिसिएल टिभी सन १९८१ मा सुरुवात गरेको पाइन्छ। आइएचएस पछिको २०१६ मा नै उत्कृष्ट टप ३ मा परेको थियो । यसले गर्दा पनि अहिले विश्व बजारमा यसको माग अत्याधिक बढेको कम्पनीले जनाउदै आएको छ।
टिसिएल प्यानल, मोडुलस, सेट र व्याकलाइट क्षमतामा उत्पादन भएको हो। सन २०१६ मा नै आइएचएस मार्फत उत्पादनको आधारमा विश्वको टप तीनमा परेको बताइएको छ। विश्वमा टिसिएल ब्राण्ड मुल्याकन २००७ मा ४०.१३६ अर्ब आरएमबी रहेकामा १० वर्षमा बढेर ८०६.५६ अर्ब आरएमबी पुगेको छ।