arrow

गच्छदारले मोर्चा नेतालाई भने, ‘तिमीहरुसंग सबै वाक्क दिक्क भई सके, अब के आन्दोलन गर्छौ’

पार्टीको नाम फेर्ने तर, नेतृत्व परिवर्तन नगर्ने

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
Gachhadar.jpg.jpeg
विराटनगर । उपप्रधानमन्त्री तथा मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान कार्यान्यन र  मुलुकको मुख्य ऐजेन्डा सम्बोधनका लागि सत्तापक्ष र प्रतिपक्ष एक भएर अघि बढनुपर्ने बताएका छन् । मधेशी जनअधिकार फोरम लोकतन्त्रिकले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा गच्छदारले राष्ट्रिय सहमतिका लागी कांग्रेस, एमाले, एकिकृत माओवादी लगायतका ठूला दहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको सुनाए । 
 
उपप्रधानमन्त्री समेत रहेका गच्छदारले संविधान जारी संगै मुलकले नयाँबाटो पाएकाले अब मुलुकलाई  आर्थिक समवृद्धितर्फ अगाडी बढाउन दलहरु लाग्नुपर्नै बताए । उपप्रधानमन्त्री गच्छदारले आन्दोलनबाट जनता वाक्क दिक्क भई सकेकाले आन्दोलनबाट नभई वार्ता छलफलबाट समस्याको समाधान खोज्नुपर्ने बताए । गच्छदारले भने, ‘आन्दोलनबाट सबै वाक्क दिक्क भइसके अब उहाँहरुले के आन्दोलन गर्नु हुन्छ ।’
 
संविधान संसोधनबाट मधेशका मुद्धाहरु सम्बोधन हुँदै गएको र बाँकी मुद्दा दलहरुको आपसी सहमतिमा पूरागर्न सरकार लागि रहेकाले अब केका लागि मधेशमा आन्दोलन भनेर गच्दारले प्रश्न गरे । गच्छदारले संविधानमा चित्त नबुझेका कुरा सम्बोधन गर्न राजनीतिक समिति गठन गरेको र त्यसलाई पूर्णता दिएर सिमाङ्कनको विवाद चाडै टुंगो लगाइने बताए । 
 
उपप्रधानमन्त्री गच्छदारले, पार्टीको आसन्न महाधिवेशनको तयारी पूरा भएको बताए ।  २०६६ सालमा  उपेन्द्र यादवसंग फोरम नेपालबाट छुट्टीएर फोरम नेपाल लोकतान्त्रिक बनाएपछि पहिलो पटक महाधिवेशन हुन  लागेको हो । विराटनगरमा वैशाख २० गतेबाट २२ गतेसम्म हुन लागेको पहिलो महाधिवेशनको तयारी पूरा भएको समेत गच्छदारले सुनाए ।    
 
पत्रकार सम्मेलन गरेर महाधिवेशनका लागि उपसमितिहरु बनाउने, के–के एजेण्डा तयार पार्ने, पाहुनालाई निमन्त्रणा लगायतका कामहरु भइरहेको गच्छदारले बताए । महाधिवेशनमा नेपालका प्रमुख पार्टीका नेतृत्व तथा भारत र चीनबाट समेत निम्तालुहरु आउने गच्छदारले जानकारी गराए ।  पार्टीको विधान अत्यन्तै झन्झटिलो भएकाले तीन पटक संशोधन भएपनि यस पटक विधान निकै परिमार्जित र लोकतान्त्रिक हुने सुनाए ।   महाधिवेशनमा देशभरका ६२ जिल्लाबाट २५ सय प्रतिनिधि सहभागि हुने छन् । 
 
महाधिवेशनबाट पार्टीको नाम परिवर्तनको तयारी भइरहेको भएपनि नेतृत्व परिवर्तनको सम्भावना नरहेको समेत अध्यक्ष गच्छदारले बताए ।  वर्तमान राजनीतिक परिस्थितीको विषयमा कुरा गर्दै उपप्रधानमन्त्री समेत रहेका गच्छदारले देशमा विद्यामान समस्या समाधान गर्दै आर्थिक समृद्धिका लागि सहमतिको विकल्प नभएको बताए । लामो समयको राजनितिक अस्थिरताले आर्थिक क्षेत्र तथा विकास चौपट पारेको भन्दै गच्छदारले देश विकासका लागि समेत सबै दल एकै ठाउमा उभिन आवश्यक रहेको सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ