arrow

महाअभियोग विरुद्ध बोल्न रुसेफलाई राष्ट्रसङ्घीय समारोह महत्वपुर्ण

logo
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
dilma-rousseff-impeachment-brazil.jpg.jpeg
ब्रार्सिलिया । संयुक्त राष्ट्रसङ्घद्वारा आयोजित विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी समारोहमा भाग लिन ब्राजिलकी राष्ट्रपति दिल्मा रुसेफ शुक्रबार न्युयोर्क जाने ब्राजिलको राष्ट्रपति कार्यालयले खुलासा गरेको छ । यसअघि विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी ठूलो सम्मेलनको आयोजना भएको थियो । सो सम्मेलनले यस वर्ष ‘यु्एन पेरिस एग्रिमेन्ट’मा हस्ताक्षर गर्ने गराउने निधो गरेको थियो । 
 
राष्ट्र सङ्घको अग्रसरतामा गतवर्ष आयोजित तेस्रो शिखर सम्मेलनमा विश्वका सबैजसो राष्ट्रहरूले सहभागिता जनाएका थिए । यसैक्रममा ब्राजिलका राष्ट्रपति पनि जान लागेकि हुन् । राष्ट्रपति दिल्माको अनुपस्थितिमा उपराष्ट्रपति मिसेल टेमरले पदभार सम्हाल्ने जनाइएको छ । 
 
‘ब्राजिलका राजनीतिज्ञहरूको विचारमा युएन एग्रिमेन्ट’ को मञ्चमा राष्ट्रपति दिल्मालाई आफूलाई लागेको महाअभियोगविरुद्ध सफाइ दिने वा तितो पोख्ने राम्रो अवसर उपलब्ध हुने छ । सोही मञ्चबाट उनले महाअभियोगलाई ‘सैनिक कु’ को सज्ञा दिने पनि अनुमान गरिएको छ । 
 
उक्त समारोहमा प्रत्येक राष्ट्र प्रमुखलाई पाँच मिनेटसम्म सम्बोधन गर्ने समय मिल्ने छ । उनले यस समयमा विश्वव्यापी जलवायु परिवर्तनबाट परेको असर कम गराउन ब्राजिलले दिएको योगदानको चर्चा गर्नुका साथै यसै सन्दर्भमा जोडेर आफूउपर लगाइएको महाअभियोग विरुद्धको अन्तर्राष्ट्रिय समुदायलाई सफाइ पेस गर्ने मौकासमेत पाउने अनुमान गरिएको छ । सिन्ह्वा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ