दाङ । तुलसीपुर सुर्खेत सडक खण्डको निमार्ण कार्यमा ढीलाई भएपछि आन्दोलीत भएका पश्चिम दाङबासी समक्ष स्थानिय प्रशासनले बिकल्प सहितको निकास निकाल्ने प्रतिबद्धता जनाएको छ । तुलसीपुरमा आज बिहीबार आयोजीत कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले उक्त सडकमा धुलो उडि जनजीवन नै प्रभाबित भएको अबस्थामा ट्याकंरबाट पानी छर्कन लगाउने प्रतिबद्धता जनाए ।
कालोपत्रे गर्न माटो फिलीङ मात्र भएको र उक्त स्थानबाट सडकमा गुड्ने सवारी साधन र आसपासमा धुलोले कष्ट भोग्नु पर्ने अबस्थालाई मध्यनजर गरि पानी छर्कने ब्यबस्था मिलाउन सडक डिभिजन कार्यालय घोराहीलाई निर्देशन दिएका छन्। यस्तै ठेकेदार कम्पनीले ६ करोड मध्ये आधा भूक्तानी समेत लिई सकेको अबस्था र कालोपत्रेको कामनै नगरि भागेकोले आबश्यक कारर्बाहीका लागि अगाडी बढ्ने प्रजिअ काफ्लेले बिश्वास दिलाए । कार्यक्रममा संघर्ष समितिका संयोजक दशरथ ओलीले यो आन्दोलन आफुहरुको मात्र नभएको भन्दै जति सक्यो चाडो काम नभए पुनह आन्दोलन हुने बताए ।
त्यस्तै जितबहादुर केसी लगायतले तत्काल सडकको काम सुचारु गर्न आग्रह गरे । बिकल्प सहित सडक निर्माणको कार्य हुन नसके कडा संर्घषका कार्यक्रम गरिने चेतावनी दिएका थिए । कार्यक्रममा स्थानिय विकास अधिकारी रमेश गौतम,सडक डिभीजन कार्यालय दाङका ईन्जीनियर सुरेश साह,दाङका प्रहरी प्रमु्ख कुवेर कडायत,नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी,पत्रकार सुशील बस्नेत,नवराज लामिछाने,निर्मल नेपाली,मुक्तबाबु न्यौपाने,दीनेश डाङी लगायतले बिभिन्न सुझाब दिएका थिए । उक्त सडक २०७० सालदेखि शुरु गरि २०७२ भित्र सम्पन्न गर्ने गरि निमार्ण कार्य सम्पन्न गर्ने गरि ठेक्का शुरु गरिएको थियो ।