arrow

कोरोना भाइरस संक्रमितलाई गोली हान्न किमको आदेश

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
corona-north-korea.jpg

काठमाडौं । उत्तर कोरियामा पनि कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । तर उनलाई कुनै उपचार गर्नुको सट्टा उत्तर कोरियाले गोली हान्ने आदेश दिएको छ । 

शासक किम जोङ उनले आफ्नो देशमा पहिलो पटक फेला परेका कोरोना भाइरसबाट संक्रमित आप्नो देशका नागरिकलाई गोली हान्ने आदेश दिएका हुन् । 

इन्टरनेसनल बिजनेस टाइम्सको रिपोर्टअनुसार उत्तर कोरियामा कोरोना भाइरस संक्रमित विरामी फेला परेपछि किमले संक्रमण फैलिन नदिन गोली हान्ने आदेश दिएका हुन् । 

ती संक्रमित चीनबाट फर्किएका व्यापारी रहेको बताइएको छ । तर उत्तर कोरियाले जारी गरेको एक आधिकारिक बयानमा कोरोना भाइरस संक्रमित बिरामी फेला नपरेको र परिस्थितिसँग सामना गर्न तयारी गरिएको दाबी गरिएको छ। 

किमको यो निर्णयले भने उत्तर कोरियामा कत्तिको क्रुर शासन चलिरहेको छ भन्ने स्पष्ट हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ