काठमाडौं । स्पेनिश ला लिगा फुटबलको एल क्लासिको भिडन्तमा रियाल मड्रिडले बाजी मारेको छ । रियालले बार्सिलोनालाई हराएको हो ।
आईतबार राति रियालले घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई २–० गोल अन्तरले हराएको हो ।
रियालको जितमा भिनिसियस जुनियर र मारिनोले एक एक गोल गरे ।
पहिलो हाफमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलका राम्रा अवसर गुमाएका थिए । यो खेलमा हार बेहोर्दा भने लियोनल मेस्सीलाई निकै आहत बनाएको छ । उनी आफूमाथि नै आक्रोशित भएका छन् ।
एल क्लासिकोको जितले प्रशिक्षक जिनेदिन जिदानलाई राहत दिएको छ । पछिल्ला दुई लिग खेलमा रियालले मात्र एक अंक बटुलेको थियो ।