arrow

यस कारण एन्ड्रोइड फोनमा पोर्न साइट हेर्नु घातक

logo
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
porn_qB902fv.jpg.jpeg
एजेन्सी । नेपालमा  पोर्न फिल्म हेर्न चलन बढ्दै गएको छ । पोर्न फिल्म हेर्न  मानिसहरु कम्प्युटर, स्मार्टफोन आदिको प्रयोग गर्दछन् । पछिल्लो समय तुलनात्मक रुपमा कम्प्युटर भन्दा स्मार्टफोनमा ज्यादा पोर्न हेर्ने  गरेको पाइन्छ । यस्तो एडल्ट कन्टेन्ट एप्सको रूपमा पनि गूगल प्लेमा उपलब्ध रहेका छन्  । यस बाहेक अन्य पोर्न साइट पनि रहेका छन् जसलाई प्रत्येक दिन प्रयोगकर्ताले हेर्ने गर्दछन् । यदि तपाई पनि एन्ड्रोइड स्मार्ट फोनमा पोर्न साइट हेर्नु हुन्छ भने तपाईको लागि यो घातक साबित हुने अध्ययनले देखाएको छ ।
 
पोर्न साइटहरु फ्री हुन्छन् तर धेरै पटक यी वेबसाइट्स ओपन गर्नाले एन्ड्रोइडमा वीएएस सब्सक्रिप्शन्स अन हुने गर्दछ जस कारण सिमवाट पैसा काटिन्छ । सो सब्सक्रिप्शन दिन र महीनाको हिसाबवाट हुन्छ जसको पैसा पनि फरक-फरक दरमा हुन्छ ।
 
एन्ड्रोइडमा पोर्न हेर्नाले  कयौ पटक पोर्न स्टकर करले पनि हैरान बनाउने गर्दछ ।  एन्ड्रोइडले एप्सको  नक्कली भर्जन फोनमा इन्स्टल गर्नलाई आग्रह समेत गर्दछ । यसवाट फोनमा  ट्रोजन भाइरस  डाउनलोड हुन सक्दछ । त्यसैले ब्राउजरमा 'डू नटअलो वेबसाइट्स टू ट्रेक फीचर' अप्सनको प्रयोग गर्ने गर्नुहोस र अटोमेटिकली एप्स डाउनलोड फीचरलाई बन्द गर्नुहोस् ।
 
एन्ड्रोइड फोनमा पोर्न ब्राउज गर्नु खतरनाक हुन्छ किनभने यसवाट फोनमा इन्स्टाल बैंकिङग एप्स र जीमेल आईडीलाई हानि पुर्‍याउन सक्छ । यसवाट सुरक्षाको खतरा हुन्छ ।
 
अनलाइन संसारमा केहि पनि  फ्री हुदैन । पोर्न साइट हेर्नको लागि तपाईले डाटा प्याकेज लिनु पर्दछ । कयौ पटक पोर्न साइट ओपन गर्नाले रेनसमवेयर (एक प्रकारको भाइरस ) एन्ड्रोइड इन्सटल हुन्छ जसको कारण फोनमा रहेको पर्सनल डाटा सबैभन्दा ज्यादा खतरामा पर्दछ । यसले तपाईको फोन लक पनि गरेन सक्छ । जुन लक भएमा फोनलाई खोल्न पैसा तिर्नुपर्ने हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ