मेक्सिकोको तेल कारखानामा परी मृत्यु हुनेको सङ्या १३ पुग्यो

प्रकाशित मिति : २०७३ बैशाख ९ बिहिबार
मेक्सिको सिटी । दक्षिणपश्चिमी मेक्सिकोमा अवस्थित एक तेल कारखानामा भएको भीषण विस्फोटनमा परी १३ कामदारको मृत्यु भएको छ भने करीब ३० जना अन्य घाइते भएका यहाँको सरकारले बुधबार बताएको छ । 
 
तेल कारखाना इनर्जी जाइन्ट पेमेस्का अधिकारी र भेराक्रुज राज्यका गभर्नर जाभिएर डुआर्तेले जानकारी दिए अनुसार व्यस्त कारखानामा विस्पोट हुँदा कारखानामा कार्यरत करीव तीन दर्जन कर्मचारी घाइते भएका छन् । 
 
कारखानामा भएको भीषण विस्फोटपछि लागेको आगो निभाउन अग्नी नियन्त्रकहरुले घण्टौ प्रयास गनुपरेको थियो । अहिले आगो पूर्णतया नियन्त्रणमा आइसकेको गभर्नर जभिएर डुआर्तेले बताउनुभयो ।एएफपी 
नयाँ