arrow

‘मधेस आन्दोलनको कुनै अर्थ र औचित्य छैन’

logo
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
yogesh-bhattarai-600x0.jpg.jpeg
नेपालगन्ज । नेकपा (एमाले)का नेता योगेश भट्टराईले संविधान कार्यान्वयन र राष्ट्रिय एकता बलियो बनाउन नेपाली काँग्रेस सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् । 
 
प्रेस चौतारी नेपाल, बाँकेद्वारा आज  आयोजित पत्रकार सम्मेलनमा उनले भने– “संविधान कार्यान्वयनमा नेपाली काँग्रेस बाधक होइन, साधक नै हो, यदि प्रतिपक्षीमा रहेर पनि उसको सरकारलाई सहयोग रहन्छ भने पनि त्यसलाई अन्यथा लिनु हुँदैन ।” 
 
लोकतन्त्रलाई बलियो बनाई सरकारको सेवा प्रवाह जनताको घरदैलोसम्म पुर्‍याउन स्थानीय निकायको निर्वाचन अपरिहार्य भइसकेको छ भन्दै भट्टराईले प्रदेशको निर्वाचन र संसदीय निर्वाचनको तयारी पनि सरकारले छिट्टै गर्नुपर्नेमा जोड दिए । पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा नेता भट्टराईले अब मधेस आन्दोलनको कुनै अर्थ र औचित्य छैन, आन्दोलनले उठान गरेका सबैजसो जायज माग पूरा भइसकेको छ, केही छुटेका छन् भने पनि सहमतिको आधारमा संविधान संशोधनबाट पूरा गर्न सकिन्छ भने । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ