arrow

मधेसी मोर्चाको आन्दोलन सांकेतिक मात्रै, दमन भए माहोल फेरि बिग्रने

logo
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
Madheshi_Morcha .jpg.jpeg
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले शुक्रबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । विहिबार सार्वजनिक गर्ने भनिएकामा २८ दलको गठबन्धनका नेताहरु कुटनीतिज्ञ भेट्न भन्दै लाजिम्पाटको होटल र्‍याडिसन पुगे । 
उनीहरुले त्यहाँ विभिन्न देशका राजदूत तथा कुटनितिज्ञहरुसंग छलफल गरे । खानपान सहितको छलफलमा अस्वस्थ भनिएका मधेसी मोर्चाका शीर्ष नेताहरु महनन्थ ठाकुर, राजेन्द्र महतो समेत देखिए । यस्तै, उपेन्द्र यादव, महेन्द्र राय रादव, शरतसिंह भण्डारी, अनिल झा लगायत समेत कुटनीतिज्ञहरुसंगको छलफलमा देखिए ।  
 
शुक्रबार ११ बजे २८ दलीय गठबन्धको मूल परिचालन समितिको बैठक बस्दैछ । सोही बैठकमा कार्यक्रम सार्वजनिक गर्ने तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले जानकारी दिए । उनका अनुसार तत्काल शान्तिपूर्ण आन्दोलन हुने र सांकेतिक कार्यक्रमहरु मात्रै रहेका छन् । विगतमा जस्तो सरकारी दमन भए माहोल के हुन्छ यसै भन्न सकिँदैन, उनले भने, ‘यो लोकतान्त्रिक पार्टीहरुको सरकार होइन बामपन्थीहरुको सरकार हो, जसले सर्वहारा तानासाहीलाई अंगाल्छन् ।’ उनले कटाक्ष गर्दै भनेका छन्, ‘यहाँका कम्युनिष्टहरु माओको सर्वहारा तानाशाही होइनन् स्टालिनको सर्वहारा तानाशाही हुन् ।’ हामी शान्तपूर्वक धर्ना, प्रदर्शन, काल झण्डा लगाउने र आमसभाकै कार्यक्रम गछौं । ती सबै कार्यक्रमहरु सांकेतिक हुने छन् । उनले भने, ‘सिंह दरबार घेर्ने भनेर हतियारसहित घर्ने होइन, त्यही शान्तिपूर्ण प्रदर्शन नै गर्ने हो ।’
 
मोर्चामा महागठबन्धन र संघीय गठबन्धकै कारण खटपट भइरा छ हैन ?
उपाध्यक्ष लालले भने, ‘आन्दोलनमा अन्य सिमान्तकृत वर्गको नेतृत्व गर्ने र पहिचानवादीहरुलाई समेट्न भन्दै महागठबन्धनको सो विचार आएकै हो, यस्तै, पुरानै जनताती दलहरु भएको संघीय गठबन्धनलाई नै अघि बढाउँ भन्ने विचार र सोच पनि हामी सबै सहयात्रीबीचबाटै आएको हो, यी विभिन्न विचार र सोच सबै पार्टी र संगठनमा आउँछन् ।’ यसलाई खटपट किन भन्ने ? कुनै दलको अध्यक्ष बैठकमा आएन भन्दैमा खटपट परेर न आको भन्न नमिल्ने बताउँदै उनले सुनाए, ‘एउटा अध्यक्ष मात्रै दल होइन, अध्यक्ष नगएपनि अन्य प्रतिनीधि गएकै हुन्छन्, उनीहरुलाई पनि एक हिस्सा सम्झिनु पर्छ ।’   
 
उसो भए, वुधबारको बैठकमा किन जानु भएन त ? 
म र हाम्रो पार्टी अध्यक्ष विरामी थियौं । त्यति मात्र होइन हाम्रो विरगन्ज जाने कार्यक्रम थियो । राजेन्द्र महतो पनि विरगन्ज जाने कुरा थियो । हामी डाइरीयाकै कारण विरगन्ज जान सकेनौं । सद्भावना अध्यक्ष समेत विरामी थिए । आफु अहिले पनि बेडमै रहेका बताएका लालले यो संघीय गठबन्धन भनेपनि महागठबन्धन भने पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनको विस्तारित रुप हो– भने । आफ्नो पार्टीको नेतृत्वमा विशाल आन्दोलन भएको र संविधान जनताले स्वीकार गरेका छैनन् भन्ने सन्देश सारा दुनियालाई सुनाएको उनको जिकिर छ । उनले भने, ‘जबरजस्ती लादिएको यो संविधान जनताले स्वीकारेका छैनन् भन्ने दुनियामा प्रस्ट पारि दियौं ।’ यो आन्दोलन राष्ट्रिय र सिमान्तकृत वर्गको आन्दोलन हो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ