ईतिहासका बिभिन्न कालखण्डमा शासक वर्गले जनतामाथि गरेका अत्याचारको बिषयमा पढ्न र सुन्न पाईन्छ!अमेरिकामा गोराजातिले कालाजातिलाई गरेका अमानविय ब्याबाहार होस्।वा हिटलर र मुसोलिनी जस्ता शासकहरूले जनतामाथी गरेका अत्याचारका कुरा हुन्।नेपालकै ईतिहासमा पनि राणाशासनको उदय पछि जनतामाथि गरिएका दमनका बिषयमा पढ्न र सुन्न पाईन्छ!२००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि राणाशासनको अन्त्य त भयो।तर शासकको रूपमा जहानिय ब्यवस्थानुरूप राजाले शासन गरे।र त्यो पनि धेरै बर्ष टिक्न सकेन।२०१७ सालमै राजाले कु गरेर फेरी निरंकुश लाद्नने काम गरे।त्यो निरंकुशतालाई पनि जनताले २०४७ सालमा पराश्त गरे।राजाको प्रत्यक्ष शासन भएपनि दलबाटनै प्रधानमन्त्री हुने ब्यबस्था थियो।तर पनि २०५२ सालमा तात्कालिन माओवादीले जनजिविका,गणतन्त्र, समाुपातिक प्रतिनिधित्व जस्ता माग राखेर प्रचण्डको नेतृत्वमा जनयुद्दको उद्घोष गर्यो!१० बर्ष लामा शसस्त्र युद्द देशले खेपेपछी अन्तत:२०६२/६३ को जनआन्दोलनले देशमा गणतत्र स्थापना भयो।जनताकै छोराछोरीले शासनको बाघडोर सम्हाल्न मिल्ने ब्यवस्थाको स्थापना भयो।
मैले माथिको कुरा किन जोड्न खोजेको हो भने,ईतिहासको बिभिन्न कालखण्डमा धेरै निंरकुश शासक संग जुध्धै,लड्दै आएका नेपाली जनता अहिले के आफुले सोंचेजस्तो ब्यवस्थामा खुसी छन् त?ब्याबाहार हरू पहिलेका शासकको जस्तो नभएपनि जनता शासित छैनन् त?यो प्रश्न अब प्रत्यक नागरिकलले आफुले आफुलाई गर्नुपर्ने देखिन्छ।संसारकै उत्कृष्ट शासन ब्यवस्था भनिए पनि किन जनताले परिवर्तनको प्रत्यक्ष लाभ लिन सकिरहेका छैनन्।अझैपनि जनता किन शासित हुनु परेको आवास गरिरहेका छन्।यो कुरा अजकै दिनबाट खबरदारिको रूपमा देशको बाघडोर सम्हाल्ने हरूको कानको जालिसम्मै राम्रो संग पुऱ्याउन आवश्यक छ।देशले बिभिन्न कालखण्डमा अबरोध हरू हटाउदै उत्कृष्ट ब्यवस्था सम्म आउंदा पनि कीन केही मुठ्ठीभर मान्छेले मात्र रजाॅई गरिरहेका छन्?यस बिषयमा खोजबिन नगर्ने हो भने स्थिती झन् बिग्रने खतरा पनी छ।आजको यो राजनीतिक ब्यवस्था सम्म देशलाई ल्याउन बिभिन्न कालखण्डमा योगदान गर्नुहुने सबैलाई सम्मान गर्नु पर्छ।तर उत्कृष्ट राजनैतिक ब्यवस्था हुंदा पनि देश बिकासको मामिलामा हामि कहाँनिर चुकिरहेका छौं यो कुरा अत्यन्तै सोचनिय छ।
देशमा अहिले राजनैतिक शक्तिको रूपमा मुलत:२ शक्ति छन्।कम्युनिष्ट र कांग्रेस।आफुलाई देशको सबैभन्दा पुरानो शक्ति भनेर गर्व गर्ने कांग्रेसको तर्फबाट देशले धेरै पटक प्रधानमन्त्री पायो अनगिन्ती नेताहरू मन्त्री बने तर किन देश बनेन?भनेर हामिले कहिले समाक्षा गर्ने?त्यस्तै अहिले देशको पहिलो नम्बरको पार्टी नेकपा र यस पार्टी बाट पनि धेरै जना प्रधानमन्त्री र मन्त्रीहरू बने तर देश किन बनेर भनेर कहिले समिक्षा गर्ने?एउटा सत्य के देखियो भने पात्र र प्रवृती उही हुंदा सम्म देशले बिकासको मोड लिन सक्दैन।आजभन्दा झन्डै २५ बर्ष अगाडीनै प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नै आज पनि राजनीतिको केन्द्रमा छन्!आजभन्दा झन्डै २५ बर्ष अगाडी गृहमन्त्री बनेका केपी ओलीनै अहिले प्रधानमन्त्री छन्।अब भन्नुस के यि पात्रहरूबाट देशले आर्थिक सम्वृद्दि हांसिल गर्न सक्छ त?हुन त देश बनाउनको लागि उमेरले नछेक्ने कुरा विश्वका कतिपय लिडर बाट पनि सिक्न सकिन्छ!देशका एकजना मात्र लिडर पनी देश र जनताप्रति उत्तरदायी हुने हो भने देशले काॅचुली फेर्ने कुरा सिंगापिरका ‘लि क्वान यु’ र मलेशियाका महाथिर जस्ता लिडरहरूलाई उदाहरणको रूपमा लिन सकिन्छ।
अहिले देशमा जनताले खोजेजस्तो शासन ब्यवय्था हुॅदापनी किन देशले बिकासको फड्को मार्न सकिरहेको छैन त?के अहिलेका लिडहरूमा देश बिकास गर्ने आंट,शाहस र क्षमता नभएकै हो त?देशलेको राजनैतिक ब्यवस्थामा परिवर्तन त भयो तर लिडरहरूको प्रवृतीमा परिवर्तन नहुने हो भने जुन ब्यवस्था आएपनी काम नगर्ने रहेछ भन्ने कुरा नेताहरूले आफै प्रमाणित गर्दै गैरहेको भान हुन्छ।जब लिडरहरू देश र जनताको समस्या भन्दा पनि आफ्नो ब्यक्तिगत स्वार्थमा लिप्त हुॅदै जान्छन त्यो देशले कसरी बिकास गर्न सक्छ?नेपालमा पनि अहिले ठ्याक्कै यही समस्या देखिएको छ।
कुनैपनि नेताले आफ्नो आयआर्जनको स्रोत राजनीतिलाई बनाउंछ।ऊ भ्रष्टाचारमा लिप्त भएकै हुन्छ,किनकी राजनीति त एउटा सेवा हो यो कुनै पेशा होईन।अहिलेको नेपाली राजनीतिमा अधिंकाश नेताहरूले राजनीतिलाई नै आफ्नो पेशा बनाएका छन्।राजनीति बाटै उनिहरूको जिबनशैलि चलेको छ भने कसरी उनिहरू भ्रष्टाचार नगरी बस्न सक्छन्!नेपालको सबैभन्दा ठुलो समस्या र ंचुनौति भ्रष्टाचार हो भन्ने कुरा जान्दाजान्दै पनि भ्रष्टाचार सम्बन्धि कठोर कानुन नबनाउनु र आफ्नो पार्टिका भ्रष्टाचारी भए ढाकछोप गर्नुले कालेकाले मिलेर खाउं भाले भन्ने उखानलाई चरितार्थ गरेको छ।अहिलेका अधिंकाश नेता मन्रीहरूले ठाॅऊमा घर,घडेरी गाडी जेडिसकेका छन् जबकी तिनीहरूको पेशा ब्यावसाय केही पनि देंखिदैन यो कसरी सम्भव भयो।के १/२ पल्ट प्रधानमन्री,मन्री,सांसद हुॅदैमा घर,घडेरी गाडी जोड्न सकिन्छ?कमिसन नखाई कन र भ्रष्टाचार नगरिकन कदापी सकिंदैन।यति खुलेआम भ्रष्टाचार हुंदा पनी हामि नेपाली किन चुपचाप छौं त।किनकी हामि नेपाली हुन कहिले जानेनौ,जान्यौ त केबल कांग्रेस हुन।जान्यौ त केबल कम्युनिष्ट हुन वा अरूअरू दलका कार्यकर्ता हुन।हामिहरू जबसम्म नेपाली हुन जान्दैनौ तबसम्म यी अहिलेका नेताहरूले देश र जनतामाथि गद्दार गरिरहन्छन्।यिनीहरूलाई कसैको डर,कर एक रत्तीपनि छैन केबल यिनीहरूको मनमा आफ्नो सत्तालाई कसरी टिकाउने र आफु कसरी धनि हुने भन्ने सोंच्दासोंच्दै देश र जनताको बारेमा सोंच्न भुलिसकेका छन्।
कुनैपनि देश सम्पन्न हुनको लागि त्यो देशमा शुसासन र बिधिको शासन हुनु पर्दछ।तर नेपालको परिपेक्षमा संबिधानमा बिधिको शासन उल्लेख भएपनि ब्यावाहारमा त्यो देख्न पाईएको छैन।बालुवाटार जग्गा काण्डमा कांग्रेसका नेता बिजयकुमार गच्छदारलाई मुद्दा चलाउंदा काग्रेसले संसद अबरूद्द गर्नु ।र २०५२ सालमा आफु सुकुम्बासी हॅु भन्दै बुटवलमा सरकारी जग्गा प्राप्त गरेका नेकपाका महासचिव बिष्णु पौडेल कुनै ब्यापार ब्यावसाय नगरिकनै काठमान्डौंमा आलिसान महल अनि बालुवाटार भित्रै सरकारी जग्गा खरिद गर्नु पनि फोहोरी रीजनितीको पराकाष्ट हो।गच्छादार र पौडेल जस्ता राजनीतिज्ञहरू त प्रत्येक पार्टिभित्र असंख्य छन् अनि यिनैको हालिमुहाली चलेको देश कसरी सम्पन्न हुन सक्छ।देशमा राष्ट्रघात गर्नेको हालीमुहाली चलेको देख्दा लाग्छ यो देश केवल पशुपतिनाथको कृपाले चलिरहेको छ।पछिल्लो उदाहरणको रूपमा गोकुल बास्कोटा काण्डलाई पनि लिन सकिन्छ।एउटा देशको मन्त्री पदमा बसेर जाबो एउटा मेसिन खरिद गर्दा अर्बको कमिसनका कुरा गर्छन भने यिनीहरूले देश बनाउंछन् त?५० लाख देशका हुनाहार युवाहरू पशिना बेच्न खाडि गएका छन्।तिनै युवाले पसिना बेचेर पठाएको रेमिट्यान्समा देशको मन्त्री पदमा बसेर एक जनाले एउटा मेसिन खरिदामा अर्बौं रूपैयॅा बार्गेनिङ गर्छ।अनि तॅपाई हामिहरू चुपचाप सहेर बस्छौं भने तंपाई हाम्रो पनि यि नेताहरूलाई भ्रष्टाचार गर्न हौसला दिईरहेका छौ भन्दा फरक नपर्ला।हामिले जुनसुकै पार्टि भित्रका अधिंकाश नेताहरूलाई हेरौं त के तिनीहरू सेतो धनलेनै अहिलेको जिवनस्तर सम्म पुगेका हुन् त?त्यस्तो हुनै सक्ऱ्दैन यिनीहरूको बिगत र अहिलेको स्थितीको तुलना गर्ने हो भने नेपालका ९९%नेताहरू भ्रष्टाचारी नै छन्।तर पनि हामिहरू यिनीहरूलाई किन खबरदारी गर्दैनौं?तिम्रो आम्दानिको स्रोत के हो भनेर किन सोध्धैनौ?यदी आजैबाट यिनीहरूलाई जनताले खबरदारी निगरानी नगरीकन पंशुपतिमा डामेर छोडेको साॅडे जस्तो छोडिदिने हो भने अब आउने पुस्ताको जिवन पनि खाडिमै बित्ने कुरामा २ मत छैन।
देश बिकास हुनको लागी स्थायी सरकार भएर मात्र नहुंदो रहेछ भन्ने कुरा वर्तमान सरकारको काम गराईको स्पिटले पनि बुझ्न सकिन्छ।त्यसो त १०४ बर्ष सम्म पनी स्थायी रूपमा नै राणाशासन थियो र झण्डै तिस बर्ष प्रत्यक्ष पंचायतकालमा स्थिर नै थियो ।तर पनि नेपाल किन विकसीत हुन सकेन?कुरो फेरी पनि नियतकै आंउछ!जुनखालको शासन ब्यवस्था आएपनि।सरकार स्थिर भएपनि शासकको देश विकासको स्पस्ट खाका र भिजन भएन भने ‘जुन जोगि आएपनि कानै चिरेको ‘हुन्छ। हामि राजनीतिक रूपमा यति बिभाजित छौ कि ,हर क्षत्रमा मेरो दल र उस्को दल भन्ने कुरा आंऊछ!यहां पढाउने शिक्षकहरू राजनीतिक भागबन्डामा छन्।बिरामी जाॅच्ने डक्टरहरू राजनीतिक भागबन्डामा छन्।वकिलहरू राजनीतिक भाग भण्डामा छन्।अरू त अरू पिडीतलाई न्याय दिलाउने न्यायधिश पनि राजनीतिक भागबन्डाबाट नियुक्ति हुन्छन् भने देशको हालत के होला?राज्यको चौथो अंग भनेर चिनिने पत्रकारिता भित्र पनि पत्रकार हरू आ-आफ्नो दलबाट छन् भने भन्नुस जनताले सहि र तथ्यसत्य समाचार पाईरहेका छौं त?पूर्व संचारमन्त्री गोकुल वास्कोटाको केसमा एक जना आफुलाई बरिष्ठ पत्रकार बताउने र राज्यको जिम्मेबार ठाॅउमा बसेको मान्छेले’मलाई यो टेप प्रकरणको बारेमा पहिलेनै थाहा थियो के छुच्चो हुनु भनेर मात्र बाहिर नल्याएको हो’भनेर भन्न भ्याएछन्!यसरी हामि कुन नियतका साथ आफ्नो कर्म गरिरहेका छौं र आफुले गरेको कर्म प्रति कति जिम्मेबार छौं भन्ने कुरा स्पष्ट हुन्छ।देशमा रोजगारिको बातावरण नभएर बिदेशिनु पर्दा समेत बिदेशमा बसेर हामी यो पार्टी र त्यो पार्टी भन्दै झगडा गर्न पछाडी पर्दैनौ।कुनै पनि आफ्नो पार्टीको नेताले बाटो बिराएमा उसलाई खबरदारी गर्नुको सट्टा,उसको भरौटे बनेर स्वस्थानी वर्त कथामा गणेशले शिव पार्वतीको वरिपरी घुमेजसरी देवत्वकरण गर्छौं।अनि ऊही नेता आफुलाई महान सम्झेर देश र जनता माथि गद्दार गरिरहन्छ।हामीले अब पनि जो सुकै होस् र जुनसुकै पार्टिको होस् सहीलाई सही र गलतलाई गलत भन्न सक्ने हिम्मत राख्दैनौ भने हामि पनि देश बिकास नहुनुको भागिदार हुनुपर्छ।
देशबिकास भन्ने कुरा कुनै भाषणमा सिमित राख्ने कुरा होईन।देशबिकास त एउटा ढृढ संकल्प हो।जब कुनैपनि मानिस जिन्दगिमा कुनै पेशा ब्यावयाय,नोकरी नगरी कुनै पार्टिलाई चाकडी गरेको भरमा सत्तामा पुगेको छ भने ऊसलाई रोजगार दिने सम्बनधमा कसरी ज्ञान हुन्छ।उदाहरणको लागि पेटको डाक्टरले टाउकाको अप्रेसन गर्यो भने सफल हन्छ त?बिलकुल हुदैन यही कुरा अहिलेको नेपाली राजनीतिमा देखिएको छ।राजनैतिक परिवर्तनमा योगदान दिएका ब्यक्ति भनेर हाम्ले देश बिकासको जिम्मा पनि यिनीहरूलाई नै दिईरहेका छौ,कतै टाउकाको अप्रेसन गर्न पेटको डाक्टरलाई जिम्मा लगाईरहेका त छैनौ भन्ने कुरा सोच्नु पर्ने भएको छ।नेपालमा नेता बन्नको लागि कुनै बिज्ञता हाॅसिल गर्नु पर्ऱ्दैन बस कुनै नेताको मज्जासंग चाकडी गरे हुन्छ।या कुनै नेताको नातेदार भए पुग्छ।अनि यसरी चाकडी गरेर नेता भएपछि उनिहरूले देश र जनताको बारेमा किन सोचुन्।आफुभन्दा अगाडिका नेताहरूले कुनै पेशा नगरीकन महल बनाएको देखेका हरूले किन अरू जागिर गर्छन?ऊनीहरू चाकडी गरेर भएपनि नेता बन्ने अनि त्यस्तै महल बनाउने सपना देखिरहेका छन्।त्यसैले अब हाम्रा सन्ततिलाई शुसासन र सभ्य देश हस्तान्तरण गर्न पनि यि खालका कपट भएका नेताहरूलाई नेपाली जनताले बेलैमा चिनेर सबक सिकाउनु पर्दछ।
यदि हाम्रो देशमा एकजना मात्र पनि भिजन भएको नेता हुन्थ्यो भने देशको कायापलट गर्न धेरै समय नै लाग्ने थिएन।कुनै समयमा नेपालकै बराबर हैसियतमा रहेका राष्ट्रहरू अहिले कहाँ गुगिसके?दोस्रो विश्वयुद्दताका नेपालले अन्न सहयोग गरेको दक्षिण कोरिया अहिले विश्व अर्थतन्त्रको प्रमुख देशमध्यमा पर्दछ।तर हामि अहिले कुन स्थितिमा छौं?बालुवा बाहेक केही नभएका खाडी मुलुकहरूमा हामि प्राकृतिक सम्पदाले भरिपूण देशका नागरिक श्रम बेच्न जानुपर्ने स्थिती छ।कुरा स्पष्ट छ अरू देशले सक्षम कुशल नेतृत्व पायो भने हाम्रो देशले आर्थिक भिजन भएको नेता पाएन।देशमा भएका प्राकृतिक श्रोत साधनको मितब्ययी तवरले प्रयोग गरी देशमा भएको कृषि जमिनलाई सही उपयोग गरेर हाम्रो देश आफ्नो खुट्टामा उभिन सक्ने थियो।तर नेताहरूका बिभिन्न स्वार्थले गर्दा देश बिकास फगत एउटा चुनावको बेला जनतालाई झुक्याउने मेलो मात्र भैरहेको छ।अब पनि जनता चनाखो नहुने हे भने यिनीहरूले सुनजस्तो देशलाई ढुङ्गा बनाएर छाड्ने निश्चित छ।तपाई हाम्रो नेताको जिवनस्तर कसरी चलिरहेको छ?ऊ आफ्नो कर्म गरेर खाएको छ की राज्यको ढुकुटिमा ऱ्याल चुहाएर बसेको छ भन्ने कुराको निग्रानी गरौं।आफ्नो सानोतिनो भएपनी पेशा नगरेको ,आफ्नो खुट्टामा पनि उभिन नसकेको मान्छे जनतालाई आफ्नो खुट्टामा ऊभिने गॅराउछु भन्दै आंउछ भन्ने त्यस्तो गफाडिलाई बहिस्कार गरौं।यदि यसो गरिएन भने ‘ऊ’बेलामा घरमा भएको पानिट्याङ्की मा पैसा लुकाउनेहरूका ट्याङ्कीमा कहिलै पनी पानि भरिदैन।भरिन्छ त केबल देश लुटेको अकुत सम्पति।