arrow

तामाङपछि स्थापितले पनि दर्ता गराए गाँजासम्बन्धी विधेयक

logo
प्रकाशित २०७६ फागुन २० मंगलबार
keshav-sthapit1.jpg

काठमाडौं ।  गाँजा खेतीलाई वैधानिक बनाउन माग गदै वाग्मती प्रदेशसभा सचिवालयमा  ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भएको छ ।

मंगलबारको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य केशव स्थापितले आफूले सो सम्बन्धी विधेयक सचिवालयमा दर्ता गराएको जानकारी दिए ।

सचिवालयमा निजी विधेयकका रुपमा सो विधेयक पहिलोपटक दर्ता भएको जनाइएको छ । सो विधेयक ५३ औँ विधेयक हो । यसअघि सभामा दर्ता भएका  ५२ वटा विधेयक सरकारका तर्फबाट मात्र दर्ता भएको संसद् सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।

सोमबार संघीय संसद् सचिवालयमा सांसद शेरबहादुर तामाङले गाँजासम्बन्धी विधेयक दर्ता गराएका थिए ।  

किसानको  जीवनस्तर उकास्न र औषधीजन्य प्रयोजनका लागि गाँजा खेतीलाई व्यवस्थित तथा नियमन गर्न विधेयक दर्ता गरेको प्रदेशसभा सदस्य स्थापितले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ