arrow

सरकारमा जान हतारो छैन, भण्डाफोर गर्नुपर्छः गगन थापा

logo
श्रीकृष्ण सिग्देल।
प्रकाशित २०७३ वैशाख १० शुक्रबार
gagan-thapa-gulmi.jpg.jpeg
स्याङ्जा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा व्यवस्थापीका संसदको कृषी तथा जलस्रोत समितिका सभापति गगनकुमार थापाले कालोबजारीलाई प्रश्रय दिने सरकारको भण्डाफोर अभियान चलाउनु पर्ने बताएका छन्। सरकार कालोबजारीमा लिप्त रहेको उल्लेख गर्दै नेता थापाले वर्तमान सरकारको भण्डाफोर अभियानमा लाग्न काँग्रेस कार्यकर्तालाई निर्देशन समेत दिए। 
 
स्याङ्जाको क्षेत्र नं. २ नेपाली काँग्रेसले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै थापाले कालोबजारीले प्रश्रय पाएको भन्दै संक्रमणकालिन अवस्थामा काँग्रेस निरिह भएर बस्न नहुने जिकिर गरे। भुकम्प र नाकाबन्दीले नेपाली जनताले दुःख पाइरहेका बेला वर्तमान सरकारले कालोबजारी गर्नेहरुलाई नै प्रश्रय दिएकोमा आक्रमक हुदै देशभरीका काँग्रेसहरु कालोबजारीलाई निरुत्साही पार्न जाग्नुपर्ने बेला आएको उनले बताए। 
 
नेता थापाले अधिकांश समय सरकारको गतिविधिप्रति मात्रै ध्यान केन्द्रीत गरेका थिए। वर्तमान परिवेसमा काँग्रेस कुनै पनि हालतमा सरकारमा नजाने बताउदै सांसद समेत रहेका थापाले प्रतिपक्षकोरुपमा काँग्रेसले जिम्मेवारीपूर्वक काम गरेको बताए। जनताको पिरमर्कालाई व्यवस्थापीका बैठक मार्फत सरकारको कानमा पुर्‍याउने काम प्रतिपक्षको भुमिका खेलेको काँग्रेसको काम हो थापाले भने, “संविधान कार्यन्वयनमा काँग्रेसको अग्रसरता र त्यसको निम्ति काँग्रेसलाई जिम्मेवारीको बोध भएको छ। ” काँग्रेस संविधान कार्यन्वयन र भुकम्प पिडितका लागि गम्भिर भएर अगाडी बढ्ने छ थापाले थपे। 
 
अर्को प्रशङ्गमा काँग्रेस नेता थापाले स्थानीय निकायको निर्वाचनको विषय कोट्याउदै सबै कार्यकर्ताहरुलाई निर्वाचन र विजयीको माहोलका लागि तयारी रहन कार्यकर्तालाई आग्रह गरे। विगतका निर्वाचनमा सरकारी स्रोत साधनको दुरुपयोग भएकोमा चिन्ता व्यक्त गर्दै थापाले अव पार्टी पंक्तिले निर्वाचनमा ध्यान दिन नेतृत्वलाई आग्रह गरे। नयाँ प्रावधान अनुसार स्थानीय निकायको निर्वाचन हुदैछ थापाले भने, तीन गाविस मिलाएर ठुलो गाविसमा चुनाव हुन सक्ने छ। यसप्रति सबै कार्यकर्ता सजग रहन समेत आग्रह गरे। 
 
नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ का सभापति अर्जुनप्रकाश अर्यालको सभापतित्वमा भएको स्वागत तथा भेटघाट कार्यक्रममा नगर सभापति भिमलाल सुवेदी र क्षेत्रिय सचिव दामोदर लम्सालले गरेका थिए। यस अघि थापाले स्याङ्जा क्षेत्र नं. ३ का कार्यकर्ताहरुलाई पनि भेटघाट तथा सम्वोधन गरेका थिए। गगन कुमार थापाको स्याङ्जा आगमन हुने थाहा पाएपछि काँग्रेसका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ