arrow

सुनाकोशीको विद्यालयलाई एनआईसी एशियाको ३ लाख सहयोग

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
nicasia-school-donation1.jpg

काठमाडौं। एनआईसी एशिया बैंकले सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ स्थित श्री देविस्थान माध्यमिक विद्यालयलाई फर्निचर सामग्री खरिद गर्नका लागि ३ लाख रूपैयाँ नगद सहयोग गरेको जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक श्री नारायण नेपाललाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्। बैंकको सहयोगले विद्यालयमा अध्ययनरत ४ सय ७६ विद्यार्थीहरू लाभान्वित हुने बताइएको छ।

उक्त सहयोगले विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ। चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशल कोइराला र बैंक व्यवस्थापनका सदस्यहरूको समेत उपस्थित रहेको थियो। बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बैकका नायव प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जारी गरेको बिज्ञप्तिमा नजाइएको छ।

एनआईसी एशिया बैंकका ग्राहकले निःशुल्क रेमिट्यान्स
एनआईसी एशिया बैंकले ग्राहकहरूको लागि एनआईसी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा दिएको बताएको छ। यस योजना अन्तर्गत एनआईसी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरी एक ठाउँबाट अर्का ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिने नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ।

उक्त योजना अनुसार २०७६ फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ। यस बैंकका ३१९ शाखा, १०७ विस्तारित काउण्टर, ५६ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल रुपमा भुक्तानी पाउन सकिने जनाएको छ। मुलुकभर सबैभन्दा धेरै शाखा सञ्जाल रहेको यस बैंक मार्फत तुरुन्त रकम पठाउन तथा प्राप्त गर्न सकिने हुँदा धेरै भन्दा धेरै ग्राहक महानुभावहरू लाभग्राही हुने विश्वास बैंकले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ