होलीमा एनआइसी बैंकको कार्ड प्रयोगकर्तालाई नगद फिर्ता अफर
प्रकाशित २०७६ फागुन २२ बिहिबार
463
Shares
काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि विशेष योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहक महानुभावहरूले सय प्रतिशत वा अधिकतम रू. ५,००० सम्म नगद फिर्ता पाउन सक्नेछन्।
बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट जस्ता अफरहरु उपलब्ध गराउदै आएको छ। जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक १५,४०० सम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक ६,००० सम्मको लाभ ग्राहक महानुभावहरूले लिदै आएको कम्पनीले जनाएको छ।
डिजिटल फस्टको रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा विभिन्न छुट तथा नगद फिर्ता अफरहरूका साथ आक्रमक रुपमा अघि बढिरहेको बताएको छ।