arrow

विश्वकप जिताउने खेलाडीलाई किन गरियो पक्राउ ?

logo
प्रकाशित २०७६ फागुन २२ बिहिबार
ronaldino.jpg

काठमाडौं । चर्चित पुर्व फुटबलर रोनाल्डिन्हो र उनका भाइ रोबेर्टो पक्राउ परेका छन् । दक्षिण अमेरिकाका राष्ट्रमा नक्कली कागजात बनाई  छिरेको आरोपमा उनीहरु पक्राउ पररेका हुन् । होटलमा रोनाल्डिन्हो र रोबेर्टोको नाममा पाराग्वेको पासपोर्ट भेटिएको थियो ।

उनीहरुलाई पक्राउ गरेको पाराग्वेको गृह मन्त्रालयले पुष्टि गरेको छ । पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिन्हो र उनका भाइ रोबेर्टोलाई पक्राउ गरिएको हो । पाराग्वेको गृहमन्त्रालयका अनुसार, रोनाल्डिन्हो र रोबर्टोलाई पक्राउ गरेर रिसोर्ट याच्ट एन्ड गल्फ क्लबमा राखिएको छ ।

रोनाल्डिन्हो ब्राजिल राष्ट्रिय टिमका पूर्वफुटबल खेलाडी हुन् । लाइसेन्सबिना नै पोखरीमा माछा मार्न थालेपछि उनले जरिवानसहित  २०१८ मा पासपोर्ट खोसिएको थियो । उनीसँग अहिले पार्सपोर्ट छैन । अदालतले दुवै दाजुभाइलाई नै कार्बाही गरेको थियो  ।

दाजुभाइबाट ८५ करोड डलर जरिवाना असुल गरिएको थियो । साथै उनीहरुको पासपोर्ट खोसेर विदेश जान रोक लगाइएको थियो । सन् २०१५ मा पनि ब्राजिल उनको कागजात र अदालती प्रकृयालाई लिएर विवाद भएको थियो।

 सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा महत्वपूर्ण खेलाडीका रुपमा रोन्हाल्डिनो पनि एक थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ