- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गोपिनीहरूले भगवान श्रीकृष्णको प्रेमको रङ लगाउँथिन् । उनीहरूमा साँचो प्रेम थियो, संसारको कुनै भाव थिएन। द्वापरयुगमा भगवान श्रीकृष्णद्वारा रचाइएको रासलीलामा भगवान श्रीकृष्ण बीच केन्द्रमा हुनुहुन्थ्यो अनि गोपिनीहरू उहाँको चारैतिर परिक्रमा गर्थिए । यदि तपाईंले सौर्यमण्डललाई हेर्नुभयो भने बीचमा सूर्य छ अनि सर्यको चारैतिर ग्रहहरू परिक्रमा गरिरहेका छन्, यसरी सौर्मयण्डलले पनि रासलीला गरिरहेको छ । उस्तै, यदि तपाईंले एटमलाई, अणुलाई हेर्नुभयो भने त्यो अणुको बीचमा न्यूक्लियस केन्द्र छ अनि त्यसभित्र प्रोटोन्स छन्, त्यसको चारैतिर इलेक्ट्रोन्स परिक्रमा गरिरहेका छन् ।
जसरी गोपिनीहरुको बीचमा राधा-कृष्ण अनि गोपिनीहरू चारैतिर नाच्दै परिक्रमा गर्दछिन । उस्तै जसको जन्म भएको छ मृत्यु पनि अवश्य हुनेछ। न्यूक्लियसको चारैतिर इलेक्ट्रोन्स परिक्रमा गरिरहेका छन । यो जुन महारासको चर्चा भइरहेको छ, उस्तै रास सारा संसारमा भइरहेको छ, कण-कणमा भइरहेको छ, कण-कणभित्र इलेक्ट्रोन्स (ऊर्जाको कण) घुमिरहेका छन् । जुन बिजुली बलिरहेको छ. यसभित्र पनि त्यहि ऊर्जा-कण एकदमै तेज गतिले निस्किरहेका छन, जसलाई हामी प्रोटोन्स भन्दछौं । भगवान श्रीकृष्ण कर्मयोग शास्त्र गीतामा अष्टधा प्रकृतिको विषयमा भन्नुहुन्छ-
भूमिरापोऽनलो वायु: खं मनो बुद्धिरेव च।
अहंकार इतीयं मे भिन्ना प्रकृतिरष्टधा।।
अपरेयमितस्त्वन्यां प्रकृतिं विद्धि मे पराम् ।
जीवभूतां महाबाहो ययेदं धार्यते जगत् ।। (गीता अध्याय ७/४-५)
अर्थात् पृथ्वी, जल, अग्नि, वायु, आकाश, मन, बुद्धि र अहंकार यसप्रकार आठ किसिमले विभाजित मेरो जड प्रकृति छ अनि यसदेखि अर्को प्रकृति जसद्वारा यो सम्पूर्ण जगतलाई धारण गरिन्छ, त्यसलाई मेरो परा अर्थात् चेतन प्रकृति जान । बाहिरी गोलाकारमा (Outer circle) आठ अर्थात अष्टधा प्रकृति छन् । जुन रहस्यको कुरा भगवान श्रीकृष्णले भन्नभयो, हे अर्जुन! यो सारा संसार तीन गुणले बनेको छ-सत, रज र तम। यहि सारा संसारको आधारभूत तत्त्व हुन् ।
यहि करालाई विज्ञानले पनि परिभाषित गर्दछ ती मूल तत्त्वहरू के हुन्-इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोन । यहि तीन तत्त्वको घटी-बढ़ी द्वारा सारा जगतको विस्तार भएको छ। हाम्रा सन्तहरूले भनेका छन यो जुन प्रकृति छ, यसको परिवर्तन हुन्छ । यो परिवर्तन हुने चीज हो । यो संसार जसलाई ब्रह्माले रचेका हुन्, यसको पनि अन्त्य हुनेछ । यो पनि शाश्वत छैन, तर त्यो शक्तिलाई सनातन भनियो जसको न त शुरुआत छ न त्यसको अन्त्य नै छ, न जसको जन्म हुन्छ न त त्यसको मरण नै हुन्छ । यसकारण भगवान श्रीकृष्णले कर्मयोग गर्नु हुन्थ्यो । रासलीलामा शास्त्र गीतामा सम्झाउँनु हुन्छ ।
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः।।
भगवान श्रीकृष्ण भन्नुहु्न्छ हे अर्जुन! आत्मा अजर, अमर, अविनाशी छ. शरीरको अन्त्य हुन्छ, आत्माको हुँदैन । जसरी एउटा बोतलभिन्न जुन आकाश तत्त्व हुन्छ, त्यो असीम हन्छ अनि जुन आसमानमा आकाश तत्त्व छ, त्यो पनि असीम छ, तर जसै हामी बोतलको मुख बन्द गछौं, त्यसभित्रको असीमित आकाश सीमित बन्छ।
ठीक उस्तै गरी यो आत्मा बाँधिन्छ। हामी मृत्यलाई के मान्दछौं? स्थूल शरीरको सूक्ष्म शरीरमा परिवर्तन मान्दछौं। अर्थात् यो जुन स्थूल पञ्चभौतिक शरीर थियो, त्यो अब समाप्त भयो । सूक्ष्म शरीरको बारेमा अनेक प्रयोग गरिए। एक प्रकारको क्रिलियन फोटोग्राफी हुन्छ, जसमा रुखको एउटा हाँगाबाट पात टिपेर फ्याँकि दिइन्छ, तर जब त्यसको फोटोग्राफी गरेर हेर्दा त्यो टिपेर फ्याँकेको पातको स्थल रुप समाप्त भएर केवल सूक्ष्म रूपमा रहेको हुन्छ । जस्तै, तपाईंले देख्नुभयो चोर चोरी गरेर जान्छ । चोर गएपछि प्रहरी कुकुर लिएर आउँछ। कुकुरले त्यो ठाउँ सँध्छ जहाँ चोरले चोरी गरेको थियो । त्यहाँ केहि न केहि रहन्छ नै होला या रहेको होला त्यो स्थूल नभएर सूक्ष्म हुन्छ । चोर चोरी गरेर जान्छ, तर उसको जुन सूक्ष्म गन्ध त्यहाँ रहेको हुन्छ, कुकुरले त्यो सूंध्दै सुँघ्दै चोरसम्म पुग्छ । यसैकारण जहाँ चोरी हुन्छ, वहाँ पुलिसहरू प्रशिक्षित कुकुरहरू लगेर जान्छन् । पशुहरूको सूंघने इन्द्रियको शक्ति अधिक विकसित हुन्छ । कुनै पशु मर्यो भने हामीलाई केहि थाहा लाग्दैन कहाँ के मरेको छ, तर गिद्धले टाडैबाट थाहा पाउँदछ र जहाँ कुनै पशु मरेको छ वहाँ तत्काल पुग्छ । प्रकृतिले मरेका जुनावरहरूलाई ठेगान लगाउँन उसको (गिद्धको) भोजन बनाइदिएको छ। भन्नुको अर्थ त्यो स्थल शरीर अब सक्ष्ममा परिवर्तन भयो । जहिलेसम्म हाम्रा सूक्ष्म शरीर रहन्छ, तबसम्म हाम्रो अस्तित्व रहने छ ।
शंकराचार्यले भनेका छन-'पुनरपि जुन्म पुनरपि मरणं', यो शरीरको जन्म-मरण चलिरहने छ । स्थूल र सूक्ष्म शरीर समाप्त भएपछि जब कारण शरीर पनि समाप्त हुने छ, तब हाम्रो मुक्ति हुन्छ। तपाईंहरूले देख्नभएको छ जब कुनै मानिस मर्छ, तब मानिसहरूले त्यहाँ दियो बाल्छ उसको सूक्ष्म शरीर वहाँ आउँछ भनेर।
अर्जुनले जब भगवान श्रीकृष्णलाई भन्छन्, मेरो पुत्र अभिमन्युलाई चक्रव्यूहभित्र धोका दिएर मारियो। म आफ्नो प्रिय पुत्रसंग भेट गर्न चाहन्छु । तब भगवान श्रीकृष्ण अर्जुनलाई लिएर अभिमन्युको सूक्ष्म शरीरलाई हेर्न स्वर्गमा जानुभयो, अनि अभिमन्युलाई देखेर अर्जुन मोहग्रस्त भएर पुत्र-पुत्र भन्न थाल्छन् । तर अभिमन्युले भन्छन्न्, तपाईंले कसलाई पुत्र भन्नु हुँदैछ ? कहिले तपाई मेरो पुत्र बन्नु भयो अनि कहिले म तपाईंको पुत्र बने यो क्रम त चलिरहन्छ । संसारमा यस प्रकारले जुन्म- मरणको चक्र त सदा चलिनै रहन्छ। तब अर्जुनले बुझे जसलाई हामी आफ्नो भन्छौं, ऊ हाम्रो होइन, वास्तविकता त अर्कै तत्व रहेछ ।
उस्तै अष्टावक्रले राजा जनकलाई भन्छन्, राजन्! तिमीले जुन सपनामा आफू भिखारी भएको अनि आँखा खुल्दा आफू राजमहलमा राजा नै भएको देख्यौ त्यो सबै अवस्था सत्य होइन । राजन्! सत्य त त्यो शक्ति हो। जसद्वारा तिमीले दुवै अवस्थाको अनुभव गरिरहेका छौ । जुन तिम्रो चेतनाको शक्ति छ, जुन तिम्रो चेतना छ त्यहि हर अवस्थामा सत्य हो।
दुई भौतिक आँखाले संसारलाई देख्न सक्छौं, तर आफ्ना आँखाले आफ्नो अनुहार देख्न सक्तैनौं । हामीलाई हाम्रो अनुहार हेर्न ऐना- चाहिन्छ। उस्तै गरी आफैले आफैलाई जान्नको लागि हामीले ऐनारूपी सद्गुरुकोमा जानै पर्छ जसले हामीलाई आफैंमा ज्ञान गराइदिन्छन् ।
जब हामी आफ्नो आत्माद्वारा आत्मालाई जान्ने छौं, त्यसमा पनि प्रतिबिम्ब हुन्छ, त्यसमा पनि अनन्तताको (Infinity) अनुभव हुन्छ । यसकारण अनन्तको अनुभव गर्नका लागिआत्मा द्वारा आत्मालाई जान्नै पर्छ अनि यहि रहस्यको कुरा भगवान श्रीकृष्णले गीता कर्मयोग शास्त्रमा सम्झाउनुभएको छ । हे अर्जुन आत्मालाई आत्माद्वारा जान आत्मालाई आत्माद्वारा हेर । मानिसहरु त आत्माद्वारा शरीरलाई हेर्दछन्, पञ्चभौतिक शरीरलाई मात्र हेर्दछन आत्मा द्वार आत्मालाई हेर्दैनन् ।
जब एकनाथ गंगा स्नान गरेर भक्ती मण्डली साथ एक पात्रमा गगा जल लिएर भगवान शंकरलाई चढाउँन गइरहेका थिए, बाटामा तिर्खाले तइपिरहेको एउटा गधा भेटे। त्यो पानी नपाएर छटपटाइरहेको थियो, जुन यात्रीहरू गंगाजल लिएर जान्थे, उनीहरूले त केवल गधाको शरीरलाई मात्र हेर्थे, अरे यो त गधा हो। एकनाथले आत्माको दृष्टिले हेरे अनि उनले आफ्नो सारा गंगा जल त्यो तिर्खाएको गधालाई पिलाएर भने तपाई नै मेरो शंकर भगवान हो। उनले गधाको शरीरलाई हेरेनन्, गधाको आत्मालाई हेरे अनि आत्मालाई नै पानी पिलाए। भगवान शंकर प्रसन्न हुनुभयो, हे भक्त एकनाथ तिम्रो भक्ति सफल भयो । तिमीले मलाई तत्त्व द्वारा चिन्यौ, तिमीले चेतनालाई मात्र हेर्यौ, शरीरलाई हेरेनौ।