नारीदिवसमा एनआईसी एशियाले महिला ग्राहकको लागि ल्यायो विशेष योजना
प्रकाशित २०७६ फागुन २४ शनिबार
558
Shares
काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको छ। जस अनुसार यस वर्षको नारी दिवसका दिन अर्थात २०७६ फागुन २५ गते बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १०० जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा १०,००० सम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बैकले जनाएको छ।
यस बैंकका महिला ग्राहकहरूले बैकको मोवाइल एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा क्युआर पेमेन्टबाट गरेको भुक्तानीहरूमा यो योजना लागू हुने जनाएको छ। तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश नगरिएको बताएको छ।