arrow

मेयरको सिको गर्दै कर्णाली प्रदेश सरकार

logo
युद्घ बहादुर मल्ल,
प्रकाशित २०७६ फागुन २४ शनिबार

मुगु। नेपाली कांग्रेसबाट निर्वाचित मुगु जिल्ला छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहिको नेतृत्वले आर्थिक बर्ष २०७४/०७५ बाट शुरु गरेको 'एक छोरी एक खाता' कार्यक्रम कै नक्कल गदै नेकपाको कर्णाली प्रदेश सरकारले बैक खाता छोरीको, सुरक्षा जिवन भरीको नाम दिएर यो आर्थिक बर्षबाट कार्यक्रम शुरु गरेको छ।

मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले छोरीलाई शिक्षामा पहुच पुर्‍याउन शुरु गरेको 'एक छोरी एक खाता' कार्यक्रममा गत आर्थिक बर्षसम्म नगरक्षेत्रमा जन्मिएका ३२६ जना छोरीहरु जोडिएका छन्।

नगरपालिकाले पैसाको अभावमा विद्यालयमा बालिकालाई चाहिने किताव, कापी लगायत आवश्यक पर्ने अन्य स्टेशनरी सामानहरु किन्न नसकेर जोकोही आमा  बाबुले आफना छोरीलाई विद्यालय पठाउनबाट बन्चित नगरोस र विचैमा पढाउन नछोडाओस भनेर आर्थिक बर्ष २०७४-०७५ बाट एक छोरी एक खाता कार्यक्रम शूरु गरेको थियो।

नगरपालिकाले आफनो पहिलो नगरसभाबाट 'एक छोरी एक खाता' संचालन कार्यविधी पारित गदै नगर क्षेत्रमा जन्मने छोरीहरुको वित्तिय सस्थामा खाता खोल्ने, सो खातामा नगपालिकाले ५ बर्षेसम्म नियमित रकम जम्मा गरिदिने र ५ बर्षपछि विद्यालय भर्ना भएको भर्ना रेकर्ड ल्याएमा उक्त खातामा रहेको रकम माषिक रुपमा झिक्न मिल्ने प्रावधान सहितको कार्यविधी पास गरेको  थियो।

नगरक्षेत्रमा छोरा भन्दा छोरीको विद्यालय विचैमा छोडने दर बढी देखिएकाले विद्यालय छाडनुमा घरयासी आर्थिक अभावका कारण कापी,कलम,स्कुल डे्रस,अन्य खर्च गर्न नसक्नु र त्यसको सिकार छोरीहरु हुने गरेको देखिएकाले एक छोरी एक खाता मार्फत छोरीको शिक्षामा पहुच पुर्‍याउन नगरपालिकाले यो अभियान शुरु गरेको नगर प्रमुख हरिजंग शाहीले बताए।

नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको छायाँनाथ साकोससंग छोरीको खाता खोल्न सम्झौता गरेको छ। सहकारीले ५ बर्षको अवधी बचत खाता खोली दिने र नगरपालिकाले जम्मा गरिदिएको रकममा बार्षिक १३ प्रतिशत व्याज दिने गरेको छायाँनाथ सहकारीका व्यवस्थापक हरि बहादुरी शाहीले बताए।

वडा कार्यालयको सिफारिस र जन्म दर्ताको प्रतिलिपी सहित नगरपािलकाको महिला तथा बालबालिका शाखामा खाता खोल्न छोरीका अविभावकले छोरी जन्मेको ३५ दिन भित्र सम्पर्क गर्नु पर्छ। यसरी बर्ष भरीमा जम्मा भएका छोरीहरुको निवेदनलाई नगरसभाले छुटाएको बजेट दामासाहिका दरले भाग गरि सहकारीमा आर्थिक बर्षको अन्तमा खाता खोल्ने गरिएको छ।

आर्थिक बर्ष २०७४/०७५मा नगरसभाले ५ लाख रकम छुटाएको र त्यो बेला १९४ छोरीका खाता खोलिएको थियो त्यो बेला प्रति खाता २५ सय ८० का दरले रकम जम्मा भएको र आर्थिक बर्ष २०७५/०७६ मा नगरसभाले एक छोरी एक खातालाई ४ लाख छुटाएकोले सो रकम आवेदन दिएका १३२ छोरीलाई भाग गर्दा प्रति छोरीको खातामा ३ हजार ३० रुपयाँ जम्मा भएको नगरपालिकाका लेखापाल जगतजंग रावलले बताए।

पहिलो नगरसभामा अनुभव नभएकाले कार्यविधीमा धेरै कुरा छुटेको अहिले महशुस भएकाले आगामी छैटौ नगरसभामा छोरीलाई दामासाहि भाग भन्दा नियमित र नयाँ गरि दुई शिर्षकमा रकम विनियोजित गर्ने र माषिक रुपमा नियमित रकम जम्मा गर्ने व्यवस्था मिलाउने नगर प्रमुख शाहीले बताए। चालु आर्थिक बर्षमा नगरपालिकाले एक छोरी एक खाताका लागी ५ लाख रकम विनियोजन गरेको छ।

कर्णाली प्रदेश भरी मै छोरीको लागी खाताको व्यवस्था गर्ने यो नै पहिलो स्थानिय तह हो यहि नगरपालिकाको सिको गर्दै कर्णालीप्रदेश सरकारले पनि यो आर्थिक बर्षबाट बैक खाता छोरीको, सुरक्षा जिवन भरीको कार्यक्रम शुरु गरेको छ। उसले यो आर्थिक बर्षबाट यो प्रदेशमा जन्मने छोरीलाई बैकमा खाता खोलि दिने र मार्षिक उक्त खातामा सरकारले ५ सय रुपयाँ जम्मा गरिदिने भएको छ।

यो कार्यक्रमका लागी प्रदेश सरकारले ३ करोड ८४ लाख रकम विनियोजित गरेको र मुगु जिल्लामा रहेका चार वटा स्थानीय तहहरुका लागी प्रति स्थानिय तह ३ लाखका दरले १२ लाख छुटाएको कणाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतले जनाएको छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ