arrow

संघीय गठबन्धन आन्दोलन : जेठ १ गते सिंहदरबार घेराउ (विज्ञप्तीसहित)

logo
प्रकाशित २०७३ वैशाख १० शुक्रबार
Madhesi-gthabandhan.jpg.jpeg
काठमाडौं । संघीय लोतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले संविधान पुनःखेलन सहित २६ बुँदे माग अघि सार्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा पत्रकार सम्मेलनमा २७ दल संवद्ध गठबन्धनले वैशाख १५ गतेदेखि जेठ १ गते सम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
 
गठबन्धनले मधेसी, आदिवासी, जनजाती, दलित (शिल्पी समुदाय), थारु, खस समुदाय, महिला, पिछडा वर्ग, सीमान्तकृत, अल्पसंख्यक समुदाय, लोपोन्मुख जात–जाती, क्षेत्रलगायत विभेद, उत्पीडित र बहिष्करणमा पारिएका समुदायका साथै गरिब, किसान, मज्दुर र अत्यन्त विपन्न वर्ग, मुक्त कमैया, कम्लरी, सुकुम्बासी र भूकम्प पीडित जनताले भोग्नु परेका समस्याहरुको समाधान गराउन संघीय गठबन्धनको अवधारणा पत्रमा प्रस्तुत २६ बुँदे मागसहित विगतमा सरकारसंग भएका सम्झौताहरु कार्यन्वयन गराउन माग गरेको छ । 
 
यस्तै, राष्ट्रिय एकतालाई मजबुद पार्दै विभेदरहित, धर्म निरपेक्ष र पहिचानसहितको समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संवैधानिक रुपमा व्यवस्थित गर्न संविधान पुनःलेखनका लागि मेधस आन्दोलन र आदिवासी जनजाति एवं प्रादेशिक आन्दोलनलाई अझ सशक्त बनाइ आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको जानकारी गठबन्धनले दिएको छ । 
 
विरोध कार्यक्रममा वैशाख १५ गते सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने, १७ गते सरकारी कार्यलयमा विरोध स्वरुप कालोझन्डा गाड्ने, १९ गते सबै जिल्ला सदरमुकाममा प्रर्दशन गर्ने र वैशाख २१ देखि ३१ सम्म प्रत्येक प्रदेश  तथा जिल्लाका प्रमुख शहरहरुमा बृहत सभा गर्ने लगायत छन् । 
 
यस्तै, जेठ १ गते काठमाडौंमा सिंहदरबार घेर्ने कार्यक्रमलाई मध्य नजर गर्दै प्रत्येक विरोध सभामा जेठ १ गते ‘काठमाडौं जाऊ, सिंहदरबार घेरौं’ भन्ने सन्देशलाई बढावा दिने गठबन्धनको कार्यक्रम छ । जेठ १ गते सिंहदरबार घेर्न जनसागर उर्लिने गठबन्धन नेताहरुको भनाई छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ