arrow

सैनिक मुख्यालय भवनको निर्माण सुरु

logo
प्रकाशित २०७३ वैशाख १० शुक्रबार
armuy.jpg.jpeg
काठमाडौँ । भूकम्पले पूर्णक्षति पुर्‍याएको जङ्गी अड्डास्थित सैनिक मुख्यालय भवनको निर्माण सुरु गरिएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नयाँ निर्माण हुने जङ्गी अड्डा भवनको आज आयोजित समारोहमा शिलान्यास गरेका हुन् । गएको वर्ष वैशाख १२ गते गएको भूकम्पबाट नेपाली सेनाको मुख्यालयसहित मुलुकभर सेनाका एक हजार १०९ वटा भौतिक संरचना पूर्णरुपमा क्षति भएको थियो । 
 
 
भूकम्पले जर्जर अवस्थामा पुर्‍याएको सैनिक मुख्यालयको मुख्य भवन हटाएर त्यहाँ रहेका विभागलाई व्यवस्थित गरेपछि नयाँ भवन निर्माणको थालनी भएको हो । भूकम्प गएको ठीक एक वर्ष पुगेको बेला नयाँ निर्माणको थालनी गरिएको सैनिक मुख्यालयको भवनले करिब दुई लाख ८५ हजार वर्ग फिट क्षेत्रफल ओगट्नेछ । 
 
भूकम्प प्रतिरोधात्मक जङ्गी अड्डाको आधुनिक भवन आगामी दुई वर्षभित्र निर्माण पूरा हुने लक्ष्य रहेको नेपाली सेनाले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ