arrow

पेटमा प्रहरीको गोली लागेका थारुको आन्द्राको शल्यक्रिया सफल

logo
प्रकाश भण्डारी,
प्रकाशित २०७६ फागुन २६ सोमबार
goli-kanda-nawalpur.gif

नवलपुर। गएराती नवलपुरको कोल्हुवामा प्रहरीको गोली लागि गम्भीर घाईते भएका अन्दाजी ३४ बर्षीय जोग नारायण थारुको आईतवार वेलुका मात्रै आन्द्राको अपरेशन सफल भएको छ। निजको स्वास्थ्यमा केही मात्रामा सुधार देखिएको अस्पताल स्रोतले जनाएको छ।

यद्यपी प्रहरीद्धारा प्रेषित इमेलमा पठाएको सूचनामा घाईतेको अवस्थामा सुधारनै भएको र सामान्य रहेको भन्न सक्ने अवस्था भने देखिँदैन।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दीपक रेग्मीले गएराती कोल्हुवा प्रहरी चौकीका सई गंगाराम चौधरीको नेतृत्वमा गस्तीमा रहेको टोलीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गरेकोे दावी गरेका थिए। 

दावी गरिए बमोजिम ढुंगामुढा गरिएकै अवस्थामा गोली चलाउनु पर्ने अवस्था थियो वा थिएन भन्ने बारेमा छानवीन समिति गठन भएको र सो समितिले छिट्टै जानकारी गराउने बताइएको छ।

सोही घटनामा संलग्न रहेको भन्दै आईतबार मात्रै पक्राउ परेका स्थानीय सुरज महतो र मुन्ना महतोलाई भने प्रहरीले छाडिसकेको छ। 

वडाध्यक्ष नारायण पौडेलका अनुसार आइतवारै वडा कार्यलयमा आफु लगायत गण्डकी प्रदेशका सभासद, पिडित पक्ष, स्थानिय जनप्रतिनिधी, जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्वका कार्यालय प्रहरी प्रमुख, थारु कल्याणकारीणी सभा नवलपुरका गणेशमान महतो सहित केही स्थानीय व्यक्ती सहितको बैठकले घटनाको सत्यतथ्य छानबिनका लागी वडाध्यक्ष पौडेलको संयोजकत्वमा १९ सदस्यीय छानबिन समिति गठन गरेको छ। 

घाईतेको उपचारमा राज्यले सघाउने र अन्य बिषयमा जिल्ला प्रशासनसँग समन्वय हुने नवलपुरका प्रहरी प्रमुख दीपक रेग्मीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ