arrow

ऐतिहासिक मेला ‘बान्नीकी चैतली’

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ वैशाख १० शुक्रबार
banni-ki-chaitali-photo-1.jpg.jpeg
बझाङ । सुदुर पश्चिमको प्रशिद्ध तथा ऐतिहासिक मेला बान्नीकी चैतलीमा हजारौं श्रदालु तथा दर्शनार्थीहरुले बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गरेका छन् । परापूर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवतासंग युद्ध गरी मष्टालाई पासोमा  पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागी सुर्मा देवी प्रकट भै महिसासुरको वध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गर्दछ ।  
 
होली पूर्णिमाको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पूर्णिमा सम्म लाग्ने गर्दछ । मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो निम्तो भएर ब्रत बस्ने गरेको बान्नी मष्टाका पूजारी देविराज पन्डितले बताए । सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्र्योदशीका दिन तोलेनी भन्ने खेतमा हिडाउने गरिन्छ । झण्डै २५ मिटरलामो कांकरलाइ मानिसहरुले समाएर ३ सय मिटर जति हिडाउने गरिन्छ । 
 
यसरी हिडाएर ल्याएको कांकर लाई बान्नी मष्टाको मन्दिरमा चढाए पछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका बासिन्दाहरुबीच भकुन्डो खेल्ने प्रचलन छ । यसरी काकंर हिडाएको र भकुन्डो खेलेको हेर्नका लागि बझाङ जिल्ला लगायत सुदुरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु कडेल गाविसको बान्नी चौरमा आउने गर्दछन् । राक्षसलाई मारी सकेपछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औलाको नगरा (गजा) बनाई विजय उत्सव मनाएको किवंदन्ती छ । 
 
चैतली मेला हेर्नकै लागि भन्दै पाल्पा जिल्लाबाट बझाङ आएका विजय रेग्मीले आफुले कहिल्यै नदेखेको दृष्य चैतलीमा देखेको बताए । उनले ‘त्यति ठुलो रुखलाई मान्छेले समातेर हिडाएको अहिले सम्म देखेको थिएन । हेर्दा असाध्यै रमाइलो पनि लाग्यो । डर पनि लाग्यो’ मेला हेर्न र प्रर्वद्धन गर्नका लागि यसपटक नेपाल पर्यटन बोर्डको एक टोली पनि बझाङ आएको छ । 
 
बोर्डका बरिष्ठ अधिकृत खड्कविक्रम शाहको नेतृत्वमा सुन्दर सुदूरपश्चिम पर्यटन विकास अभियानका अभियन्ता किसोर खडका, पर्यटन व्यवसायीको छाता संगठन सोट्टो नेपालका अध्यक्ष यम खड्का र विभिन्न संचारमाध्यमका पत्रकारहरुको टोली चैतली पुगेको थियो । चैतली मेलामा बोर्डको सहभागीताले यहाँको संस्कृती प्रर्वद्धन हुने र पर्यटकहरुको आवागमन बढ्ने आफुहरुले आसा राखेको चैतली मेला व्यवस्थापन समितिका एक सदस्य मनोेज पन्डितले बताए । यसवर्ष झण्डै १० हजार बढी दर्शनार्थीले चैतली मेला हेरेको उनले सुनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ