न्यूयोर्क फेडद्वारा वित्तीय बजारमा दैनिक एक खर्ब ५० अर्ब प्रवाह गर्ने
एएफपी,
प्रकाशित २०७६ फागुन २६ सोमबार
411
Shares
वाशिङ्टन। कोरोनाभाइरसको महामारीको बीचमा एक सुरक्षात्मक कदमको रूपमा दैनिक बजारमा नगदको प्रवाहलाई ५० अर्बबाट १५० अर्ब अमेरिकी डलर बनाउने अमेरिकी फेडरल रिजर्व बैंकको न्यूयोर्क शाखाले सोमबार घोषणा गरेको छ।
न्यु योर्क फेडले एक विज्ञप्तिमा भनेको छ, “कोरोनाभाइरस समस्याका कारण विश्व अर्थतन्त्र प्रभावित बनिरहेको अवस्थामा अमेरिकी केन्द्रीय बैंकले व्यवसायिक लचिलोपन योजनालाई कार्यान्वयनमा ल्याउन लागेको छ।”
यस कदमले दैनिक खरिद सम्झौतालाई बढाउँछ। बैंकले दुई साताका लागि ९० अर्ब अमेरिकी डलर यहाँको बजारमा प्रवाह गर्ने पुनः खरिद सम्झौतालाई गरेको हो।