काठमाडौं । जनताको संघर्षबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्दै लोकतान्त्रीक संविधान कार्यान्वयन र पुर्ननिर्माण मार्फत् मुलुकलाई संबृद्धि तर्फ लैजाने अवको अविभारा पुरा गर्न लोकतन्त्र दिवसको अवसरमा सवैलाई जोश र हौसला मिलोस् भन्ने हार्दिक शुभकामना छ ।
आज भन्दा ठिक १० बर्ष अगाडी आजकै दिन १९ दिने जनआन्दोलनबाट आत्तिएर तत्कालिन राजा ज्ञानेन्द्र शाहले जनताको नासो जनतालाई नै फिर्ता दिएको भन्दै आफ्नो सक्रिय शासनबाट पछाडी हटेका थिए ।
तत्कालिन राजा ज्ञानेन्द्रले शाही घोषणा मार्फत् २०६३ वैशाख ११ गते राति सात राजनीतिक दलको मार्गचित्रबमोजिम संसद् पुनःस्थापनाको घोषणा गरेका थिए । त्यसपछि सुरु भएको लोकतान्त्रीक प्रक्रिया अहिले संविधान कार्यान्वयन र पुर्ननिर्माणको चरणमा आईपुगेको छ । आन्दोलनबाट प्राप्त उपलव्धी र अवसरलाई सदुपयोग गर्ने जिम्मेवारीवोध सवै नेपालीको व्यवहारमा देखियोस् लोकतन्त्र दिवसको अवसरमा फेरी पनि शुभकामना ।