arrow

बलात्कार पिडितलाई तरुण दलको सहयोग

logo
प्रकाशित २०७३ वैशाख ११ शनिबार
Tarun-Dal-@flag.jpg.jpeg.jpeg
पाल्पा । बलात्कारपछि हत्या गरिएकी पाल्पाको तानसेन नगरपालिका वडा न ११ लामीडाँडा की बर्षा दर्लामीको परिवारलाई नेपाल तरुण दल पाल्पाले क्रिया खर्च सहयोग गरेको छ । दलको सक्रियतामा संकलित साढे १५ हजार रुपैया दर्लामीको परिवारलाई छोरीको क्रिया खर्चका लागि सहयोग स्वरुप हस्तान्तरण गरिएको काँग्रेस पाल्पाका महाधिवेशन प्रतिनिधि तथा विद्यार्थी नेता हिमालदत्त श्रेष्ठले जानकारी दिए । 
 
सरस्वती माध्यमिक विद्यालय सुन्दरगाउँमा कक्षा ४ पढ्ने आठ वर्षीया बालिका दर्लामीको गत ६ गते स्कूलबाट फर्कँदै गर्दा होलँग्दी खोलामा बलात्कार गरी हत्या भएको थियो । 
 
घाँसले पुरिएको अवस्थामा निर्वस्त्र शव सिद्धार्थ राजमार्गबाट सय मिटरको दूरीमा उनको शव भेटिएको थियो । बालिकाको शवको झण्डै ५० मिटर तल खोलामा कापी कलम र इरेजर भेटिएको थियो । प्रहरी चौकी प्रभासबाट घटनास्थल झण्डै चारसय मीटर दूरीमा छ । 
 
विद्यालयबाट संगै फर्किएका भाइ अनिलले घर पुगेर दिदीलाई नचिनेको मान्छेले लगेको बताएपछि बेलुकी सवा ६ बजे आमा बबिता दर्लामीले प्रहरी चौकी प्रभासमा छोरी खोजिदिन हारगुहार गरेकी थिइन् । प्रहरी चौकी प्रभासका प्रमुख नुरापति दाहाल र जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर रमेशराज भेटवालको नेतृत्वमा प्रहरी परिचालन गरी पौने सात बजे खोलामा शव भेटिएको थियो । 
 
प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको र घटनामा संलग्न केहीलाई पक्राउ गरिएको र केहीको खोजी भईरहेको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ