arrow

काँग्रेस नेता भुविक्रम नेम्वाङ अस्पताल भर्ना

logo
प्रकाशित २०७३ वैशाख ११ शनिबार
bhu-bikram-nemwang.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका नेता भुविक्रम नेम्वाङ अस्पताल भर्ना भएका छन्। फोक्सो र मृगौलामा गम्भिर समस्या देखिएपछि नेम्वाङलाई काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। उनलाई झापाबाट शुक्रवार काठमाडौं ल्याएर नर्भिक अस्पतालमा भर्ना गरिएको झापा काँग्रेसका नेता तथा पारिवारिक सदस्य पंकज लिम्वुले जानकारी दिए। 
 
तत्कालिन राजा महेन्द्रले पहिलो जननिर्वाचित वीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरेपछि २०१८ सालमा शसस्त्र क्रान्तिमा होमिएका नेम्वाङले पूर्वमा क्रान्तिको नेतृत्व गरेका थिए। 
 
वीपी कोइरालासँग निकट भएर काम गरेका नेम्वाङ उनको निधनपछि काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालादेखि कृष्ण प्रसाद भट्टराईसँग अत्यन्तै नजिक भएर काम गरेका थिए। 
 
काँग्रेसका तत्कालिन कृष्ण प्रसाद भट्टराई र महामन्त्री गिरिजाप्रसाद कोइरालाबीच मनमुटाव बढ्दै जाँदा पार्टी फुट्ने अवस्थामा पुग्दा नेम्वाङले नै दुवै नेतालाई एकैठाउँमा राख्ने वातावरण वनाएर पार्टीलाई फुटबाट जोगाएका थिए।  
 
फोक्सो र मृगौलामा गम्भिर समस्या देखिएका नेम्वाङलाई उपचारको क्रममा काठमाडौ नर्भिक अस्पतालको बेड नं ७०६मा राखिएको छ। काँग्रेस नेता केबी गुरुङ लगायतका नेताहरु उनलाई अस्पतालमा भेट्न पुगेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ