एनआईसी एशिया बैंक र लुम्बिनी ग्रुपबीच रेमिट्यान्स सेवाका लागि सम्झौता
प्रकाशित २०७६ फागुन २८ बुधबार
748
Shares
काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई कारोबार सुरु भएको छ। उक्त सम्झौता पश्चात अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूले लिगल रेमिटबाट रकम पठाएर यस बैंकको एनआइसी एसिया रेमिट मार्फत तुरुन्त रकम भुक्तानी लिन सक्ने बैकले जनाएको छ।
साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ। लिगल रेमिट मार्फत अष्ट्रेलियामा रहेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहेका व्यक्तिहरूले यस बैंकको मुलुकभर छरिएर रहेका ३१९ वटा शाखाहरू, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउने बताइएको छ।