चितवन। भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको बोरा सङ्कलन केन्द्र आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ।
व्यवसायी प्रमोद शाहले सञ्चालन गरेको सो केन्द्रमा आज विहान लागेको आगोलाई स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीको के करणले भएको हो भन्ने विषयमा अध्ययन भइरहेको जनाइएको छ।