arrow

कर्णालीमा कक्षा एकको पाठ्यपुस्तक अझै पुगेन, पाठ्यपुस्तक नपुगेपछि अदालतमा रिट

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ फागुन २९ बिहिबार
karnali-students.jpg

जुम्ला। जुम्लामा शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि कक्षा एकका पाठ्यपुस्तक जुम्लाका कुनै पनि बिद्यालयमा पुग्न सकेको छैन। माघ २५ गते बाट नयाँ शैक्षिक सत्र सुरुहुने जुम्लामा पाठ्यपुस्तक ढिला पुग्ने समस्या हरेक बर्ष बेहोर्नु परेको छ।

जुम्लाका कतिपय बिद्यालयमा हालसम्म पनि पाठ्यपुस्तक पुगेको छैन भने एक कक्षाको पाठ्यपुस्तक जिल्लाभर कतैपनि पुर्‍याइएको छैन। यस शैक्षिक सत्रबाट कक्षा एकको पाठ्यक्रम बदिएकाले छपाइ हुन ढिला भएको नेपालगन्जस्थित नयाँमुलुक प्रकाशनले बताएको छ।

जिल्लाको सिजा गाउँपालिकाको कैलाश माबि फुंग्र र कनकासुन्दरि गाउँपालिकाका केही बिद्यालय लगायतमा कक्षा एक देखि १० सम्मका बिद्यार्थी पाठ्यपुस्तक बिना पढ्न बाध्य छन्।

नयाँ भर्नासंगै बिद्यार्थीको हातमा पाठ्यपुस्तक दिने चाहना कहिल्यै पुरा हुन नसकेको सिजा गाउँपालिकाका सामाजिक बिकास शाखाका संयाेजक नवीन शर्माले गुनासो गरे।

जुम्ला लगायत कर्णालिका हिमालि जिल्लामा समयमै पाठ्यपुस्तक नपुगेको बिषयमा अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतले अदालतमा रिट दायर गरेका हो।

इन्सेकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवार काठमाण्डौं, शिक्षा तथा मानव श्रोत विकास केन्द्र, सानोठीमी भक्तपुर, राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषद, जनक शिक्षा सामाग्री केन्द्र, सानोठीमी भक्तपुरलाई विपक्षी बनाएर बुधबार उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा रिट दायर गरेको हो।

त्यसैगरी विपक्षमा मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय कर्णाली प्रदेश बिरेन्द्रनगर सुर्खेत, सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेश बिरेन्द्रनगर सुर्खेत, शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेत रहेका छन्।

शिक्षा विकास तथा समन्वय ईकाई जुम्ला, शिक्षा विकास तथा समन्वय ईकाई मुगु, ईकाई प्रमुख, शिक्षा विकास तथा समन्वय ईकाई डोल्पा, ईकाई प्रमुख, शिक्षा विकास तथा समन्वय ईकाई हुम्ला, ईकाई प्रमुख, शिक्षा विकास तथा समन्वय ईकाई, कालिकोटलाई बिपक्षि बनाई रिट दायर गरिएको अधिबक्ता पदम बहादुर शाहीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ