arrow

जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा प्रचण्डले लिने

logo
प्रकाशित २०७३ वैशाख ११ शनिबार
prachanda_angry.jpg.jpeg
दाङ । एकीकृत (नेकपा ) माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा आफूले लिने बताएका छन्  । क्रान्तिकारी पत्रकार सङ्घ दाङले शनिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले पार्टी अध्यक्ष र जनयुद्धको सर्वोच्च कमाण्डरको हैसियतले जनयुद्धमा भएका सम्पूर्ण घटनाको जिम्मा आफुले लिने बताएका हुन्  । 
 
सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा द्वन्द्वकालीन मुद्दा टुग्याउनुपर्ने भन्दै अध्यक्ष दाहालले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका काम कारबाहीप्रति आफूहरुको कुनै आपत्ति नरहने उल्लेख गरे । ‘सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग हामी माओवादीलाई चाहिएको थियो । हाम्रा विरुद्धमा जनयुद्धकै समयमा उजुरी हालिएको थियो’, अध्यक्ष दाहालले भने, ‘म माओवादी मात्रै होइन सम्पूर्ण नेपाली जनतालाई द्वन्द्वकालीन घटनाको विरुद्धमा उजुरी दिन आग्रह गर्दछु । 
 
सोह्र बुँदे सहमतिकै आधारमा देशलाई अगाडि बढाउनुपर्ने भन्दै अध्यक्ष दाहालले वर्तमान सरकारमा नेपाली काँग्रेस र मधेसी मोर्चालाई सहभागी बनाएर राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने धारणा राखे । वर्तमान सरकार परिवर्तन गर्ने भन्दा पनि यही सरकारमा सबैलाई सहभागी गराउने कार्यमा आफु लागि रहेको दाहालले बताए । अर्को फरक प्रशङ्गमा बोल्दै अध्यक्ष दाहालले अदालतका केही निर्णयप्रति आफूहरुको आपत्ति रहेको सुनाए । अदालतले आफूहरुलाई फसाउने नियतले गरेका निर्णयको विरुद्धमा सबै माओवादीलाई बोलाएर आफूले छलफल गरेको उनले उल्लेख गरे। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ