रियाल मड्रिड क्वारेण्टाईनमा, सिटीसँगको खेल अनिश्चित
प्रकाशित २०७६ फागुन २९ बिहिबार
765
Shares
एजेन्सी। स्पेनी क्लब रियाल मड्रिडको पुरै टोली क्वारेण्टाईनमा रहने भएका छन्। मड्रिडको बास्केटबल टोलीका एक खेलाडीमा कोभीड-१९को संक्रमण देखिए पछि मड्रिडले यस्तो निर्णय गरेको हो।
मार्च १७मा म्यानचेस्टर सिटीसँग हुने च्याम्पियन्स लिग खेल पनि अब पछि सर्ने निश्चित भएको छ। क्वारेन्टाईन समय करिब १५ दिनको भएको हुनाले सिटीसँगको खेल संभव देखिदैन। यसबारे युईएफएले चाँडै कुनै निर्णय गर्नेछ।
मड्रिडको बास्केटबल र फुटबल टोली एउटै परिसरमा तालिम गर्ने भएको हुनाले सुरक्षाका लागि फुटबल टोलिलाई पनि क्वारेण्टाईनमा राखिने भएको हो। त्यहाँ कार्यरत सबै कर्मचारीहरुलाई पनि क्वारेण्टाईनमा जान निर्देशन दिईसकेको मड्रिडले जनाएको छ।