जम्मु-काश्मिरको बिषयमा पाकिस्तानलाई टाउको नदुखाउन भारतको चेतावनी
प्रकाशित २०७६ फागुन २९ बिहिबार
343
Shares
एजेन्सी। भारतले पाकिस्तानलाई आफ्नो आन्तरिक मामिलामा धेरै टाउको नदुखाउन सचेत गराएको छ। जम्मु-काश्मिर भारतको महत्वपुर्ण क्षेत्र थियो, छ र रहनेछ भन्दै पाकिस्तानलाई अन्तराष्ट्रिय समुदायलाई गलत सुचना नदिन सचेत गराएको होI
जम्मु-काश्मिरमा लोकतन्त्र र शान्तिका लागि काम भैरहेको तर पाकिस्तान उक्त क्षेत्रमा आतंक सृजना गर्न चाहिरहेको आरोप भारतको छ। संयुक्त राष्ट्र मानव अधिकार आयोगको ४३औं सत्रमा बोल्दै भारतीय अधिकारी रचित भण्डारीले पाकिस्तान जस्तो असफल राष्ट्रले भारतलाई नसिकाउँदा राम्रो भनेका थिए। भण्डारीले जुन देशका नागरिकले लोकतन्त्र र मानव अधिकारको सही उपभोग गर्न पाएका छैनन् उसले भारतलाई सल्लाह नदिएको राम्रो हुने बताए।
पाकिस्तानले विश्वमा सर्वाधिक खोजी भैरहेका आतंककारी ओसामा बिन लादेनलाई संरक्षण गरेको कुरा नकार्न सक्छ ? भन्डारीले प्रश्न गरे। ‘भारतमा २६-११मा भएको मुम्बई आक्रमणका आरोपीहरु पाकिस्तानमा खुल्ला घुमिरहेका कुरा नकार्न सक्छ ?’ भण्डारीले अगाडि भने।
पाकिस्तानले भारत बिरुद्ध जिहादको घोषणा गरेको र आतंकवादी गतिविधीलाई सहयोग पुर्याईरहेको आरोप भारतले लगाएको छ।
के पाकिस्तानले उसको भूमीमा धार्मिक अल्पसंख्यकहरु बिरुद्ध भैरहेको अत्याचार नहोस भन्न सक्छ ?
पाकिस्तानले संयुक्त राष्ट्र संघमा भारतले संविधानको धारा ३७० खारेज गरेपछि बिरोध जनाइरहेको छ।