arrow

प्रदेश ५ को सभामा कांग्रेसले गर्यो शंकर गिरीको नाम सिफारिस

logo
प्रकाशित २०७६ फागुन २९ बिहिबार
shankar-giri.jpg

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेश सभामा रिक्त समानुपातिक तर्फको प्रदेश सदस्यका लागि शंकर गिरीको नाम सिफारिस गरेको छ।

कांग्रेस केन्द्रिय कार्यालयले रिक्त प्रदेश सांंसदमा दाङका  गिरीको नाम निर्वाचन कार्यालयमा पठाएको  निर्वाचन आयोगले जानकारी दिएको छ।

प्रदेश नम्बर ५ का  समानुपातिक सांसद बलदेव शर्मा पोखरेलको केही समय अघी निधन भएपछि रिक्त रहेको पदमा कांग्रेसले गिरीको नाम सिफारिस गरेको हो।  

गिरी कांग्रेसको तर्फबाट प्रदेश ५ मा समानुपातिकतर्फ खस आर्यको सूचिमा दुई नम्बरमा परेका थिए। गिरी दाङका एक प्रभावशाली नेताको रुपमा परिचित छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ