arrow

बेलायत यूरोपबाट बाहिरिए बेलायतका लागि घातक : ओबामा

logo
प्रकाशित २०७३ वैशाख ११ शनिबार
camroonobama.jpg.jpeg
लण्डन (बेलायत) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले शुक्रबार बेलायत यूरोपबाट बाहिरिन नहुने बताएका छन् । यूरोपप्रति अविश्वास गर्ने बेलायती एक समूहलाई लक्षित गर्दै ओबामाले भने, “बेलायत यूरोपबाट बाहिरएमा व्यापारिक सहमति त गर्न सकिने छ तर यसका लागि बेलायतले लामो समय पर्खिनुपर्ने हुन्छ ।” यो बेलायतका लागि घातक बन्नसक्ने अमेरिकी राष्ट्रपतिको धारणा थियो । 
 
अमेरिकी राष्ट्रपति ओबामाले बेलायतको जुन २३ मा यूरोपियन यूनियन (इयू) सदस्य रहने वा नरहने भन्ने सवालमा बेलायती प्रधानमन्त्री ड्याभिड क्यामरुनसँग पत्रकार सम्मेलनमा बोल्दै २८ सदस्यीय इयू समूहमा रहनुहुँदैन भन्ने समूहप्रति लक्षित गर्दै आवेगात्मक प्रतिक्रिया दिए। लण्डनस्थित विदेश मन्त्रालयमा क्यामरुनसँग सँगै उभिएका  ओबामाले बेलायत सहितको शक्तिशाली यूरोप हुनुमा समग्र यूरोप र बेलायतलाई राम्रो हुने बताए । 
 
आगामी वर्षको जनवरीदेखि कार्यकाल सकिन लागेका अमेरिकी राष्ट्रपतिले पछिल्लो समय अमेरिकाको अन्य मुलुकसँगको सम्बन्धबारे लगातार बोल्दै आएका छन् । यसै शिलशिलामा ओबामाले अमेरिका र बेलायतबीच विशेष सम्बन्ध रहेको बताए । तर यसपटक उनको व्यापार सम्बन्धमा महत्वपूर्ण प्रतिक्रिया आएको छ । ओबामाले बेलायत यूरोपेली समूहबाट बाहिँदा वासिङटनको व्यापार कारोबार सम्बन्धमा चासो राख्नुलाई महत्वपूर्ण रुपमा लिइएको छ । 
 
यदि बेलायत यूरोपबाट बाहिरिने निर्णय गरेमा यसले अमेरिकासँग कुनै समयमा त व्यापार गर्न सक्छ तर छिट्टै सम्झौता हुन सक्नेमा भने राष्ट्रपति ओबामाले शंका व्यक्त गरे । बेलायत वासिङ्टनसँग सम्झौता गर्नेहरुको पछिल्लो पङ्क्तिमा रहनुपर्ने छ, ओबामाले भन । तर बेलायती प्रधानमन्त्री क्यामरुनले भने आफ्नो यूरोपसँगको सम्वन्धमा बेलायती प्रधानमन्त्रीका रुपमा आफ्नो राजनैतिक वैधानिकताका लागि सङ्घर्षको भएको बताए । 
 
यो समयमा बेलायतले सत्यको पक्षमा रहनु र आफ्ना मित्र तथा सहयोगीबीच आफ्ना मान्यतालाई कायम राख्ने बेला भएको प्रधानमन्त्री ड्याभिड क्यामरुनको भनाई थियो । यसैबीच, ओबामाको शुक्रबार आएको अभियव्यक्तिलाई लिएर युरोपमा बेलायत रहन नहुने भन्ने समूहले अमेरिकी राष्ट्रपतिको आलोचना गर्दै कुनै पनि स्वतन्त्र राष्ट्रले स्वतन्त्र व्यापार सम्झौता गर्नसक्ने बताएको छ । लण्डनका मेयर बोरिस जोसनले एक स्वतन्त्र राष्ट्रको रुपमा विश्वका अन्य मुलुकसँग सम्झौता गर्न बेलायत यूरोपमा रहिरहनुपर्ने बताए । 
 
अर्का नेता निगेल फरेजले राष्ट्रपतिको टिप्पणीलाई खण्डन गर्दै हामी जनमत सङ्ग्रहबाट यस विषयमा निर्णय लिने बेलासम्म, ओबामा सत्ताबाट बाहिरिने र दुई देशबीचको हितलाई मध्यनजर गर्दै व्यापार सम्झौता हुने कुरा पक्का भएको बताए । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ