arrow

कनकमणि दीक्षित अस्पताल भर्ना

logo
प्रकाशित २०७३ वैशाख ११ शनिबार
Kanak-Mani.jpg.jpeg
काठमाडौँ । भ्रष्टाचारको आरोपमा शुक्रबार अख्तियारले पक्राउ गरेका साझा यातायात सहकारीका अध्यक्ष एवं पत्रकार कनकमणि दीक्षित अस्पताल भर्ना भएका छन् । दीक्षितलाई अनियन्त्रित उच्च रक्तचाप भएपछि विहान १० बजेतिर अस्पताल भर्ना गरिएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी प्रमुख डिएसपी नवराज कार्कीले जानकारी दिए । उनी शुक्रबार देखि नै गौशाला प्रहरीको हिरासतमा थिए । 
 
अहिले उनलाई उपचारको लागि वीर अस्पताल लगिएको छ। दीक्षितलाई तीन दिन हिरासतमा राख्ने अख्तियारले निर्णय गरिसकेको छ। कार्यालय प्रमुख कार्कीले भने ‘उच्च रक्तचाप भएपछि उपचारको लागि उनलाई वीर अस्पताल पठाईएको छ, अख्तियारले उनको भर्ना पनि गरिसकेको भनेर जानकारी दिएको छ।' दीक्षित प्रा.डा मनेन गोर्खालीको युनिटमा भर्ना भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ