नवलपुरमा पनि सतर्कता अपनाईदै : दुम्कौलीमा पनि आईसोलेसन वार्ड
सन्जय भट्टराई,
प्रकाशित २०७६ चैत १ शनिबार
720
Shares
नवलपुर। कोरोना भाईरस (कोभिड१९) को संक्रमणबाट बच्नका लागी नवलपुरका स्वास्थ्य संस्थाहरूमा पनि तयारी सुरु गरिएको छ। हिजो मात्रै जिल्लाको मध्यविन्दु जिल्ला अस्पतालमा आईसोलेसन वार्डको स्थापन गरिएको थियो भने आज नवलपुरकै देवचुलीमा रहेको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा ३ वटा बेड सहितको आईसोलेसन वार्डको स्थापना गरिएको छ।
दुम्कौली प्राथमिक स्वास्थ केन्द्रकि प्रमुख डाक्टर विद्या भुसालका अनुसार कोरोनाका संकास्पद बिरामीलाई राखेर उपचार गर्न स्वास्थ्य केन्द्रको ठूलो भवनको माथिल्लो तलामा ३ वटा बेड सहितको २ वटा वार्डमा आईसोलेसन वार्ड तयार पारिएको छ। यसै गरि स्वास्थ केन्द्र प्रवेश गर्नेलाई साबुनपानीले हात धोएर मात्रै अस्पताल प्रवेशको व्यवस्था मिलाईएको छ।
चिनको वुहान बाट सुरु भएको कोरोना भाईरस ( कोभिड १९) को संक्रमण संसारका १२५ भन्दा धेरै देशमा फैलिए पछि नेपालका स्वास्थ्य संस्थाहरुमा पनि आईसोलेसन वार्डको व्यवस्था गर्न सरकारले निर्देशन दिएको थियो।