arrow

बैशाख १२ लाई यसरी सम्झिदा... (भिडियो)

‘दुईहजार ७२ साल बैशाख १२ गते.. भूकम्पले यतिबिधि पार्‍यो मरिहत्ते..’

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
saranki-songs.jpg.jpeg
काठमाडौ। यो श्रव्यदृश्य केही समय अगाडि भूकम्पको पीडा बोकेर काठमाडौंमा चहार्दै आएका एक गाईने दम्पत्तिको हो। मलीन मन लिएर घरघरमा आएका यी भूकम्पपीडित भावनात्मक सहयोगको भिक्षा माग्दै भूकम्पको सम्झना गराउँदै हिँडेका छन्। भूकम्पको पीडामाथि सारंगीको सुमधुर संगीतको मल्हम लगाउने यी सारंगी पनि सिन्धुपाल्चोकमा भूकम्पले देखाएको विभत्स विनासबाट आफूले भूकम्पको गीत गाउन थालेको बताउँछन्। 
 
मानवीय संवेदना तथा सम्झिएरै पनि ती विभत्स तस्बिर मनबाट हटाउन सहयोग मिलोस् भनि काठमाडौं लगायत भूकम्प प्रभावित जिल्लाहरूमा यिनै दुःख र पीडाको गीत बोक्दै हिँड्ने यी सारंगी दम्पत्तिसँग हामीले काठमाडौंमा भेटघाट गरेका हौँ। 
 
विनाशकारी भूकम्पले नेपाललाई क्षतविक्षत बनाएको आज ठीक एक वर्ष पुगेको छ। ठीक एकवर्ष अगाडि अर्थात् २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू भएर गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पले मुलुकको समग्र स्थिती नै अस्तव्यस्त बनाईदियो। मध्यान्ह ११ ५६ बजे गएको विनाशकारी उक्त भूकम्पले पुर्‍याएको क्षतिको विषयमा पीडितहरूलाई पीडा भूलाउने एउटा अस्त्र पनि हो सारंगी। उनले आफ्नो सारंगीको गीतलाई शब्दमा उतारेर हलुका बनाउने मर्खता गर्नुभन्दा भूकम्पले नेपाली जनधनको विध्वंश पारेको ठीक एक वर्षको उपलक्ष्यमा मृतकप्रति श्रद्धाञ्जलिका शब्द बोकेको निकै नै मार्मिक सारंगी गीत सम्पूर्ण नेपाली र विशेषगरी भूकम्पपीडित नेपालीहरूका लागि। यसका साथै विनाशकारी भूकम्पको एकवर्ष पुगेको उपलक्ष्यमा हाम्रो तर्फबाट पनि घाईतेप्रति शीघ्र स्वास्थ्यलाभको कामनासहित मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि।
 
हर्नुहोस् भिडियो::
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ