arrow

बुटवल महोत्सव काण्ड प्रदेश सभामा, छानबिनको माग

logo
नारायण वली,
प्रकाशित २०७६ चैत ४ मंगलबार
pradesh-shabha.jpg

रुपन्देही । बुटवल महोत्सव काण्ड  प्रदेश नं. ५ को प्रदेश सभामा प्रवेश गरेको छ । मंगलबार बसेको प्रदेशसभा वैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु फखरुद्दिन खान र वीर बहादुर रानाले उक्त अडियो काण्डमा प्रदेश सरकारका दुईजना मन्त्रीहरुको नाम पनि जोडिएकाले निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

रुपन्देहीका सांसद समेत रहेका फकरुद्दिन खाँनले नेकपा निकट कलाकार नारायण खनाल लेकालीले बोलेको कुरा व्यक्तिगत नभई सत्ता र शक्तिको आडमा राज्य आतंकको नमूना भएको टिप्पणी गरेका थिए । साथै उनले जनताको करबाट उठेको रकमलाई कम्युनिष्ट सरकारको पैसा भनेर भन्नु आपत्तिजनक भएको भन्दै कम्युनिष्टका कलाकारहरुलाई स्टेजमा नबोलाएका कारण मन्त्री र सीडीओलाई दबाब दिएर मेला बन्द गराउनुले विधिको शासन र कानुनी राज्यको उपहास भएको तर्क गर्दै सांसद खाँनले अडियोमा दुईजना मन्त्रीको नाम पनि जोडिएकाले त्यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका थिए ।

यस्तै कलाकार लेकालीले उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरी र सामाजिक विकासमन्त्री सुदर्शन बराल र सीडीओ महादेव पन्थलाई फोन गरी थर्काएर मेला बन्द गराएको फोन संवादमा बोलेको स्पष्ट सुन्न सकिन्छ । यसैविच संसदमा पाल्पाका सांसद बीर बहादुर रानाले पनि सत्तारुढ पार्टी सम्वद्ध कलाकारको अडियो सुन्दा मुलुकमा कोरोना भाइरसभन्दा पनि खतरानाक रुपमा कम्युनिष्ट कार्यकर्तामा बहुमतको आडमा मनपरी गर्ने मनोवृत्तिले सीमा नाघेको आभास भएको बताएका थिए ।

सरकारको पैसामा कांग्रेसका कलाकारलाई स्टेजमा उफारेकाले बुटवलको मेला बन्द गराएको भन्ने नेकपा निकटका एक कलाकारको फोन संवाद बाहिरिएको थियो ।नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश नं. ५ ले गत फागुन २१ गते देखि चैत २ गते सम्म सञ्चालन गर्ने गरी उक्त महोत्सवको शुरु गरेको मेला एकहप्ता नवित्दै स्थगित हुन पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ